logo

नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा आयल निगमले पेट्रोल पम्पमै चार्जिङ स्टेशनका लागि तयारी थाल्यो

    1240   पटक पढिएको

२ माघ/ अर्थ र व्यापार - विद्युतीय सवारी साधनको प्रयोग बढाउन नेपाल आयल निगमले पेट्रोल पम्पसँगै चार्जिङ स्टेशन राख्न अध्ययन गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणसँगको  सहकार्यमा निगमले पेट्रोल पम्पमै चार्जिङ स्टेशनका लागि तयारी थालेको निगमका उप कार्यकारी निर्देशक सुशील भट्टराइले जानकारी दिए।सरकारलेनै विद्युतीय गाडीलाई प्रोत्साहन गर्नै भन्दै तीन सय बस भित्र्याउने निर्णय गरिसकेको छ । प्राधिकरणले पनि वर्षायाममा सबै विद्युत खपत गर्न नसकिने भन्दै विद्युतीय गाडीको प्रवर्द्धनका लागि चार्जिङ स्टेशन बनाउने घोषणा गरिसकेको छ ।

अर्को वर्ष कात्तिकमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन हुने र सबै विद्युतको खपत नहुने भएकाले विद्युत खपत बढाउने योजना बनाएको हो । निगमले चार्जिङ स्टेशन बनाउने ठाउँको अध्ययन गर्नेछ । चार्जिङ स्टेशनको लागि आवश्यक क्षमताको लाइन नभएको ठाउँमा प्राधिकरणले क्षमता बृद्धि गर्ने र चार्जिङ स्टेशन राख्ने गरि छलफल भइरहेको भट्टराईले बताए ।

पहिलो चरणमा उपत्यका भित्रका ७० बढी पेट्रोल पम्पमा चार्जिङ स्टेशन राख्न अध्ययन हुनेछ । दोस्रो चरणमा उपत्यका वरपर समेत गरि दुई सय बढी पेट्रोल पम्पमा चार्जिङ स्टेशन राख्ने निगमको तयारी छ।चितवनदेखि थानकोट सम्मको पृथ्वी राजमार्गमा पर्ने पेट्रोल पम्पमा पनि चार्जिङ स्टेशन राख्ने निगमको योजना छ । यो क्षेत्रमा एकातिर भिरालो पहाड र अर्को तिर नदी भएकोले उपयुक्त ठाउँ भेटिएमा पेट्रोल पम्प बाहेकका ठाउँमा पनि चार्जिङ स्टेशन राख्ने उनले बताए ।

प्राधिकरणले गत वर्षदेखिनै विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहन गर्ने भन्दै आफ्नो केन्द्रीय कार्यालय रत्नपार्कमा चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ । सो स्टेशन आन्तरिक प्रयोगको लागि भएपनि विद्युतीय गाडीको प्रवर्द्धनमा निकै सहयोगी भएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए । प्राधिकरणले काठमाडौं र ललितपुर महानगरपालिकासँग सहकार्य गरेर थप १० ठाउँमा तत्काल चार्जिङ स्टेशन राख्ने तयारी गरेको छ । प्राधिकरणले विद्युतीय गाडीको प्रवर्द्धनकै लागि अहिले एउटा विद्युतीय गाडी प्रयोगमा ल्याएको छ । २८ लाख रुपैयाँ पर्ने सो गाडी एक पटक चार्ज गरेपछि ८० किलोमिटर सम्म गुड्ने गरेको छ । ४५ मिनेटमा फुल चार्ज हुँदा १५ युनिट विद्युत खपत हुने गरेको छ ।

उपत्यकामा सामान्यतया डिजेलरपेट्रोल गाडीले एक लिटर इन्धनबाट अधिकतम २० किलोमिटर भन्दा बढी यात्रा गर्न सकिदैन । विद्युतीय गाडीले भने १५० देखि २०० रुपैयाँबाट ८० किलोमिटर भन्दा बढी यात्रा गर्न सकिन्छ । उपत्यकामा अहिले प्राधिकरणले केन्द्रीय कार्यालयमा दुई वटा, सिंहदरवारमा एउटा, ज्ञानेश्वर स्थित बिवाइडीको अफिसमा एउटा र अन्य ठाउँमा समेत गरि ५र६ वटा चार्जिङ स्टेशन राखिसकिएको अधिकारीले बताए । एउटा चार्जिङ स्टेशन राख्न कम्पनी अनुसार ५ देखि १५ लाख रुपैयाँ सम्म खर्च लाग्ने गरेको छ । चार्जिङ स्टेशनको लागि जग्गा खरिद गर्दा अझै महँगो पर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।