logo

नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा आयल निगमले पेट्रोल पम्पमै चार्जिङ स्टेशनका लागि तयारी थाल्यो

    1070   पटक पढिएको

२ माघ/ अर्थ र व्यापार - विद्युतीय सवारी साधनको प्रयोग बढाउन नेपाल आयल निगमले पेट्रोल पम्पसँगै चार्जिङ स्टेशन राख्न अध्ययन गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणसँगको  सहकार्यमा निगमले पेट्रोल पम्पमै चार्जिङ स्टेशनका लागि तयारी थालेको निगमका उप कार्यकारी निर्देशक सुशील भट्टराइले जानकारी दिए।सरकारलेनै विद्युतीय गाडीलाई प्रोत्साहन गर्नै भन्दै तीन सय बस भित्र्याउने निर्णय गरिसकेको छ । प्राधिकरणले पनि वर्षायाममा सबै विद्युत खपत गर्न नसकिने भन्दै विद्युतीय गाडीको प्रवर्द्धनका लागि चार्जिङ स्टेशन बनाउने घोषणा गरिसकेको छ ।

अर्को वर्ष कात्तिकमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन हुने र सबै विद्युतको खपत नहुने भएकाले विद्युत खपत बढाउने योजना बनाएको हो । निगमले चार्जिङ स्टेशन बनाउने ठाउँको अध्ययन गर्नेछ । चार्जिङ स्टेशनको लागि आवश्यक क्षमताको लाइन नभएको ठाउँमा प्राधिकरणले क्षमता बृद्धि गर्ने र चार्जिङ स्टेशन राख्ने गरि छलफल भइरहेको भट्टराईले बताए ।

पहिलो चरणमा उपत्यका भित्रका ७० बढी पेट्रोल पम्पमा चार्जिङ स्टेशन राख्न अध्ययन हुनेछ । दोस्रो चरणमा उपत्यका वरपर समेत गरि दुई सय बढी पेट्रोल पम्पमा चार्जिङ स्टेशन राख्ने निगमको तयारी छ।चितवनदेखि थानकोट सम्मको पृथ्वी राजमार्गमा पर्ने पेट्रोल पम्पमा पनि चार्जिङ स्टेशन राख्ने निगमको योजना छ । यो क्षेत्रमा एकातिर भिरालो पहाड र अर्को तिर नदी भएकोले उपयुक्त ठाउँ भेटिएमा पेट्रोल पम्प बाहेकका ठाउँमा पनि चार्जिङ स्टेशन राख्ने उनले बताए ।

प्राधिकरणले गत वर्षदेखिनै विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहन गर्ने भन्दै आफ्नो केन्द्रीय कार्यालय रत्नपार्कमा चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ । सो स्टेशन आन्तरिक प्रयोगको लागि भएपनि विद्युतीय गाडीको प्रवर्द्धनमा निकै सहयोगी भएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए । प्राधिकरणले काठमाडौं र ललितपुर महानगरपालिकासँग सहकार्य गरेर थप १० ठाउँमा तत्काल चार्जिङ स्टेशन राख्ने तयारी गरेको छ । प्राधिकरणले विद्युतीय गाडीको प्रवर्द्धनकै लागि अहिले एउटा विद्युतीय गाडी प्रयोगमा ल्याएको छ । २८ लाख रुपैयाँ पर्ने सो गाडी एक पटक चार्ज गरेपछि ८० किलोमिटर सम्म गुड्ने गरेको छ । ४५ मिनेटमा फुल चार्ज हुँदा १५ युनिट विद्युत खपत हुने गरेको छ ।

उपत्यकामा सामान्यतया डिजेलरपेट्रोल गाडीले एक लिटर इन्धनबाट अधिकतम २० किलोमिटर भन्दा बढी यात्रा गर्न सकिदैन । विद्युतीय गाडीले भने १५० देखि २०० रुपैयाँबाट ८० किलोमिटर भन्दा बढी यात्रा गर्न सकिन्छ । उपत्यकामा अहिले प्राधिकरणले केन्द्रीय कार्यालयमा दुई वटा, सिंहदरवारमा एउटा, ज्ञानेश्वर स्थित बिवाइडीको अफिसमा एउटा र अन्य ठाउँमा समेत गरि ५र६ वटा चार्जिङ स्टेशन राखिसकिएको अधिकारीले बताए । एउटा चार्जिङ स्टेशन राख्न कम्पनी अनुसार ५ देखि १५ लाख रुपैयाँ सम्म खर्च लाग्ने गरेको छ । चार्जिङ स्टेशनको लागि जग्गा खरिद गर्दा अझै महँगो पर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।