logo

बागलुङमा केवलकार, होटल र सपुरमार्केट बनाउने चन्द्र ढकाल र मिनबहादुर गुरूङको घोषणा

    1115   पटक पढिएको

११ पुष / अर्थ र व्यापार - सफल उद्यमीहरू शेखर गोल्छा, चन्द्रप्रसाद ढकाल र मिन बहादुर गुरूङले बाग्लुङमा ठूला परियोजनामा लगानी गर्ने घोषणाा गरेका छन्र । चन्द्रप्रसाद ढकाल होटल र केबुलकारमा लगानी गर्न लागेको बताएका छन् भने जग्गा उपलब्ध भएमा १८ महिनाभित्र भाटभटेनी सुपर मार्केट खोल्ने बताएका छन् । त्यस्तै,  गोल्छाले स्थानीयसँग मिलेर कृषिमा आधारित उद्योग खोल्न तयार भएका बताएका छन् ।

बागलुङ जिल्लामा पहिलोपटक ठूला लगानीकर्ता आकर्षित गर्नका लागि लगानी बहसमा भाग लिदै उनीहरूले यस्तो घोषणा गरेका हुन् ।  ‘उज्यालो बागलुङ, समृद्ध बागलुङ’ विषयक लगानी बहसमा उपस्थित नेपालकै ठूला तथा स्थापित उद्योगी व्यसायीले बागलुङ जिल्लामा अनेक लगानीको सम्भावना रहेको भन्दै लगानी गर्ने घोषणा गरेका हुन् ।

लगानी बहसमा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष तथा गोल्छा अर्गनाइजेशनका शेखर गोल्छाले नेपालमा राजनीतिक सङ्कटमा समेत ठूला उद्योग सञ्चालनका लागि आफू सफल भएको भन्दै अहिले केही सहज वातावरण बन्दै गएको बताए । उनले बागलुङमा कृषि उद्योगको सम्भावना रहेको बताए । स्थायी सरकार आउँदा उद्यमीलाई सकारात्मक वातावरण मिल्दै गएको बताउदै गोल्छाले बागलुङ लगानीको निकै सम्भावना भएको क्षेत्र भएकाले स्थानीयको सहलगानीमा कृषि उद्योग सञ्चालन गर्ने आश्वासन समेत दिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्दप्रसाद्र ढकालले पर्यटनको क्षेत्रमा बागलुङमा लगानी भित्र्याउन आफू तत्पर रहेको बताउँदै सम्भावनको खोजी गरिरहेको जानकारी दिए । आफ्नै गृह जिल्ला भएकाले पनि बागलुङमा केही लगानी गर्ने योजनामा रहेको भन्दै ढकालले केबलकारसहितको चारतारे होटल बागलुङमा राम्रो चल्ने आफूले विश्वास लिएको बताए । उनले पञ्चकोट तथा भैरवस्थानमा केबलकार सञ्चालनका लागि आफूले अध्ययन गरिरहेको बताए ।

यस्तै भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङले आफ्नो सफलताको सूत्र बागलुङका उद्यमीलाई सुनाए । उनले जग्गा व्यवस्थापन भएमा १८ महिनाभित्रै भाटभटेनीको शाखा बागलुङमा सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाए ।

शुक्रबारदेखि शुरु हुने छैटौँ बागलुङ महोत्सवको पूर्वसन्ध्यामा लगानी बहसको आयोजना गरिएको हो । सम्मेलनमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले लगानीको वातावरण बनाउन प्रदेश सरकार इच्छुक रहेको भन्दै ढुक्क भएर ठूला उद्योगमा लगानी गर्न लगानीकर्तालाई आग्रह गरे । उनले हरेक व्यवसायीले धैर्य गरेमात्र प्रतिफल प्राप्त गर्न सकिने भएकाले पनि लगानी गर्दा दीर्घकालीन सोचका साथ गर्न आग्रह गरे ।

“सरकारले रातारात परिवर्तन गर्न सक्दैन, एक वर्षमा प्रतिफल पाउन धान रोप्नुपर्छ, उद्योगमा लगानी गरेपछि प्रतिफल पाउन धेरै समय लाग्छ ।” गुरुङले भने। अहिले प्रदेश सरकारले प्रदेशको सम्भावनालाई उजागर गर्दै पर्यटन, जलविद्युत्, कृषिलगायतको क्षेत्रमा लगानी गरिरहेको उनले बताए ।

लगानी बहसको सहजीकरण प्रभु बैंकका प्रमुख कार्यकारी अशोक शेरचनले गरेका थिए भने लगानीको समस्या चुनौती र सम्भावनाको विषयमा सांसद देवेन्द्र पौडेल, डा सूर्य पाठक, पर्यटन अभियानकर्मी खिमानन्द कँडेललगायतले टिप्पणी गरेका थिए ।  लगानीको वातावरण गराउन तीन तहको सरकारले आवश्यक कदम चालेमा जलविद्युत्, केबलकार, स्टार होटल तथा सुपरमार्केट, कृषि उद्योग सञ्चालनका लागि आफूहरु तयार रहेको लगानीकर्ताले बताएका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।