logo

चक्रपथ दोस्रो खण्ड विस्तार असोजदेखि सुरु गर्ने भनिए पनि अझै अन्यौलमा

    1500   पटक पढिएको

२० पुस /अर्थ र व्यापार - चक्रपथ दोस्रो खण्ड विस्तार अन्यौंलमा परेको छ । असोजबाटै विस्तार थाल्ने योजना बनेपनि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर)तयार नभएकाले अन्यौंलमा परेको हो । चिनियाँ कम्पनीले डिपिआर निर्माणको काम गरिरहेको छ ।
सडक विभागको वैदेशिक समन्वय कार्यान्वयन महाशाखाले साउनमा कलंकीदेखि महाराजगंज सडक असोजदेखि विस्तार सुरु गर्ने भन्दै भदौं मसान्तसम्म सडकमा रहेको संरचना हटाउन सूचना प्रकाशित गरेको थियो ।

महाशाखाले नेपाल विद्युत प्राधिकरण,नेपाल टेलिकम,इन्टरनेट प्रदायक कम्पनी, खानेपानी, ढल लगायतका निकायलाई समेत संरचना हटाउन आग्रह गरेको थियो । काठमाडौं चक्रपथ सुधार योजना प्रमुख सुजन खनालले चिनियाँ पक्षबाट डिजाइन नआएकाले चक्रपथ विस्तार अगाडि बढ्न नसकेको बताए । महाशाखा प्रमुख केशवकुमार शर्माका अनुसार डिपिआर फाइनल हुन केही महिना लाग्नेछ । 

चीन र नेपाल सरकारका वीचमा अनुदानमा सडक बनाउन द्धिपक्षीय सम्झौता(एमओयु)भैसकेको छ । महाशाखाका अनुसार यो करिव ८.१६ किलोमिटर सडक खण्डको एक चरणको सर्वे भैसकेको छ । सो सर्वे अनुसार सडक विस्तारका लागि करिव ६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ भने समायावधी तीन बर्ष लाग्ने छ । सडक भने ८ लेनकै हुनेछ भने केही डिजाइन भने परिवर्तन हुनेछ ।

रिपोर्टका अनुसार विश्व सम्पदामा सुचीकृत स्वयम्भु क्षेत्र आसपासमा फ्लाई ओभर वा अण्डरपास वे उपयुक्त हुने उल्लेख छ । भने महाराजगंज चोकमा कंलकीजस्तै सववे बनाउनुपर्ने उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।