logo

निषेधाज्ञा खुलेपछि सिमेन्ट र डन्डी उद्योग ५० प्रतिशत क्षमतामा सञ्चालन 

    1436   पटक पढिएको


२० असोज/अर्थ र व्यापार– कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा खुलेपनि माग कम हुदा सिमेन्ट र डन्डी उद्योग ५० प्रतिशत क्षमतामा मात्रै सञ्चालन भएका छन् ।

कोरोना नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण सिमेन्ट र डन्डी उद्योगको उत्पादनमा ७० प्रतिशतले गिरावट आएको थियो । 

निषेधाज्ञा खुलेपनि माग कम हुदा सिमेन्ट र डन्डी उद्योग करिब ५० प्रतिशत हाराहारीमा सञ्चालनमा आएको उद्योगी व्यवसायीहरुको भनाई छ ।

अर्घाखाँची सिमेन्टका संचालक एवं नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले निषेधाज्ञा खुलेपछि १० प्रतिशत मात्रै माग बढेको बताए । मलमास सकिनेबित्तिकै चाडपर्व लाग्ने भएकाले आउदो सिजनमा समेत सिमेन्टको बिक्री राम्रो नहुने बताए । 

निषेधाज्ञा खुलेपक्षी विस्तारै माग बढेपनि मलमासका कारण नयां निर्माण कार्यहरु रोकिदा माग बढ्न सकेको छैन । 

रिद्धिसिद्धि सिमेन्टका संचालक हरि न्यौपानेले निषेधाज्ञा खुलेपछि सिमेन्टको माग बढ्न थालेको बताए । उनले हाल ५० प्रतिशतको हाराहारीमा सिमेन्ट उत्पादन भइरहेकोजानकारी दिए । 

अम्बे स्टीलका संचालक शिवाज न्यौपानेले डन्डीको माग ५० प्रतिशतको हाराहारीमा पुगेको बताए । 
श्री स्टीलका संचालक राजेश अग्रवालले संचालनमा रहेका सबै डन्डी उद्योग यतिवेला घाटामा रहेको बताए । नोक्सानी खाएर डन्डी बिक्री भइरहेको छ । उनले नगद दिनेलाइ अहिले किलोको ६१ रुपैयाँमा डन्डी बिक्री गरिरहेको बताए । 

हाल देशभर सञ्चालनमा रहेका २२ वटा डन्डी उद्योगको उत्पादन क्षमता वार्षिक ३० लाख टनको हाराहारीमा छ।कोरोना नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण अहिले डन्डीको माग ९ लाख टनको हाराहारीमा छ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।