logo

अब पाँच वर्षमै राजधानीका सडक सिंगापुरको जस्तै

    1588   पटक पढिएको

२६ जेठ / अर्थ र व्यापार - आगामी पाँच वर्षभित्रै काठमाडौं उपत्यकाको सवारी व्यवस्थापन सिंगापुरकै जस्तो हुने भएको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखाले ६ अर्ब ७५ करोड ७७ लाख १५ हजार रुपैंयाँ खर्चेर आगामी पाँच वर्षभित्रै काठमाडौं उपत्यकाको ट्राफिक आवागमनलाई सिंगापुरकै जस्तो आधुनिक र व्यवस्थित बनाउन लागेको हो ।

महाशाखाले तीन वटा चरणको कार्ययोजनासहित ट्राफिक व्यवस्थापनको काम गरिरहेको छ । त्यसका लागि महाशाखाले चालु आर्थिक बर्षमा १४ करोड २९ लाखको बजेटमा स्वास्थ्य सुरक्षाका लागि मास्क, जोखिम भत्ता, कम्प्युटर, प्राथमिक उपचार व्याग, ब्रेथलाइजर, नमुना सडक लगायतका काम गरिरहेको छ ।

दोश्रो चरणमा ३ अर्ब २२ करोड ३७ लाख ६२ हजारको लागतमा सडकमा सिसि टीभी जडान, ट्राफिक तालिम केन्द्रको निर्माण, सवारी साधन खरिद, इनफोर्समेन्ट डिभाइसको खरिद, तथ्यांक व्यवस्थापन केन्द्रको स्थापना, चिल्ड्रेन्स ट्राफिक एजुकेशन पार्कको निर्माण, सञ्चार साधान खरिद, लगायतका काम गर्ने योजना बनाएको छ ।

दोश्रो चरणको यो कार्यक्रम आर्थिक बर्ष २०७४र७५ देखि २०७६र७७ सम्म तीन बर्ष सञ्चालन हुनेछ । तेश्रो चरणको कार्यक्रम भने आर्थिक बर्ष २०७७र७८ देखि २०७८र७९ सम्म सञ्चालन हुनेछ । ३ अर्ब ४० करोड ९० लाख ५३ हजारको लागतमा सो दुई वर्षभित्रै इन्टेलिजेन्ट ट्राफिक मेनेजमेन्ट सर्भिस विस्तार गरिहनेछ । महानगरिय ट्राफिक प्रहरीका लागि आधुनिक भवनको निर्माण गरिनेछ भने सुबिधा सम्पन्न ट्राफिक अध्ययन केन्द्रको पनि निर्माण सम्पन्न गरिनेछ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।