logo

राजधानीका सडक तीन महिनाभित्र दुरुस्त बनाउन निर्देशन 

    1563   पटक पढिएको

२० असार / अर्थ र व्यापार – व्यवस्थापिका संसदको विकास समितिले उपत्यकामा भत्काइएका सडकहरु तीन महिनाभित्र पुर्न्निर्माण गरेर दुरुस्त बनाउन निर्देशन दिएको छ ।

समितिले उपत्यका सडक विस्तार आयोजना उपत्यका विकास प्राधिकरण ,भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, काठमाडौ महानगरपालिका सडक विभागलाई यो निर्देशन दिएको हो । सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाले भत्काएको सडक पुर्न्निर्माण नहुँदा राजधानीका सडक हिलाम्मे छ ।सडक विस्तार गर्दा उचित मूआब्जा र क्षतिपूर्ति दिएर मात्रै गर्न समितिले निर्देशन दिएको छ ।

उपत्यकाभित्र १५९४.६७ किलोमिटर सडक छन् । उपत्यका भित्र ९ लाख ७३ हजार भन्दा बढी सवारीसाधन छन् । उपत्यकामा कुल जमिनको ७.५ प्रतिशत मात्र सडकले ओगटेको छ । समितिको बैठकले नेपालमा सडक बनाउने निकायहरुवीच समन्वयको अभाव रहेको भन्दै सरकारी निकायबीच समन्वय गरेर शहरी यातायातलाई सुदृढीकरण गर्न निर्देशन दिएको छ ।

त्रिपुरेश्वर, कंलकी, नागढुंगा राजधानीको प्रमुख  नाका भएकोले अदालत र सरकारी निकायको आदेशलाई सम्मान गर्दै क्षतिपूर्ति दिएर सडक निर्माण गर्न समितिले निर्देशन दिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।