logo

नेपाल नागरिक उड्डयन प्राधिकरण र बुद्ध एयरको सहकार्यमा भद्रपुरको चन्द्रगढी विमानस्थलमा आज परीक्षण उडान गर्ने

    1915   पटक पढिएको

१६ माघ /अर्थ र व्यापार - भद्रपुरको चन्द्रगढी विमानस्थलमा आइएफआर ’इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स’ अन्तर्रगत रात्री उडानका लागि बुद्ध एयरले बुधबार साँझ परीक्षण उडान गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र बुद्ध एयरको सहकार्यमा गर्न लागिएको रात्री उडान सफल भएमा आगामी शुक्रबारदेखि अरु वायुसेवा कम्पनीलाई पनि चन्द्रगढी विमानस्थलमा रात्री उडानको बाटो खुल्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार बुद्ध एयरको ७२ सीटे एटिआर ७२ जहाजले सुरुमा बेलुका चार बजे यात्रु सहित काठमाडौ –बिराटनगर उडान गर्नेछ भने त्यसपछि बिराटनगर–चन्द्रगढी परीक्षण उडान गरिनेछ । चन्द्रगढी परीक्षण उडानका लागि यात्रु रहित जहाजमा नेपाल नागरिक उड्डयन प्राधिकरण र बुद्ध एयरका पदाधिकारी रहने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार परीक्षण उडानको क्रममा जहाज चन्द्रगढी–बिराटनगर अवतरण गरेपछि उही जहाजले पुनः यात्रुसहित बिराटनगर–काठमाडौं नियमीत उडान गर्नेछ । जहाज राती ८ः०० बजे काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरिने कम्पनी स्रोतले जानकारी दिएको छ ।

आजको परीक्षण उडान सफल भयो भने बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं –चन्द्रगढी रात्री उडान गर्नेछन ।  चन्द्रगढी उडान गर्दै आइरहेका यति एयरलाइन्स, श्री एयरलाइन्स लगायतका वायुसेवा कम्पनीले पनि शुक्रबारदेखि रात्री उडान गर्न सक्नेछन् । हाल रात्री उडानका लागि आवश्यक एयरफिल्ड लाइट (रनवे लाइट, डिम लाइट, फग लाइट, ट्याक्सीवे लाइट)को काम सकिइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणका मेकानिकल इन्जिनीयनर कुल प्रसाद सिंखडाले बताए ।

गत जुनबाट सुरु भएको उक्त प्रोजेक्टको लागि १० महिनाको समयावधि तोकिएको थियो । हामीले यो प्रोजेक्ट तोकिएको समयावधिभन्दा तीन महिना अगाडि नै सक्ने योजना बनाएका छौं।’ प्राधिकरणका मेकानिकल इन्जिनीयर सिंखडाले भने ।
उनका अनुसार भिजुअल फ्लाइट रुल्स ’भिएफआर’ अन्तर्गत पाँच हजार मीटर भिजिबिलिटीमा फ्लाइट गर्दै आएका जहाजले आइएफआरमार्फत १६ सय मीटर भिजिबिलिटीमै फ्लाइट ओपरेसन गर्न सक्ने छन् ।

१० महिनाअघि  बिहान र दिउँसोको लागि आइएफआर सेवा सुरु गरिसकेको विमानस्थलमा रात्री उडान सुरु भइसकेपछि आन्तरिक उडानबाट भइरहेको एयर ट्राफिक कम हुने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुरमार क्षेत्रीले जानकारी दिए । क्षेत्रीका अनुसार हाल बुद्ध एयर, श्री एयरलाइन्स र यति एयरले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलदेखि भैरवहा, नेपालगञ्ज, धनगढी, विराटनगर, सिमरा लगायतका क्षेत्रमा राती नौ बजेसम्म उडान भर्दै आएका छन् ।  

चन्द्रगढी विमानस्थलमा दश महिना अघि बिहान र दिउँसोको लागि स्याटलाइट बेस्ड आइएफआर सेवा सुरु भइसकेको छ । इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स लागू भएपछि भिजिबिलिटी २५ सय मीटर रनवे क्लियर भएपछि जहाज अवतरण गरिँदै आएको नागरिक उड्डयन प्राधिकरणले बताएको छ । यस अघि भिजुअल फ्लाइट रुल्स ’भिएफआर’ पाँच हजार मीटर रहेको थियो । 
     

 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।