logo

व्यापारी दुगड वाणिज्य बैंकको साढे चार करोडसहित १० करोड उठाएर बेपत्ता

    3269   पटक पढिएको

७ असार / अर्थ र व्यापार - राष्ट्रिय वाणिज्य बैंकको साढे चार करोड तथा विभिन्न सहकारी र व्यवसायीसँग गरी १० करोड रुपैयाँ उठाएर विराटनगरका एक व्यापारी बेपत्ता भएका छन् । विराटनगरको मेनरोडमा विगत २५ वर्षदेखि कृष्णा स्टोर्स नामको पसल सञ्चालन गर्दै आएका करिब ५० वर्षका विनोद दुगड गत शनिबारदेखि बेपत्ता भएका हुन् । सोमबार उनको पसलमा राष्ट्रिय वाणिज्य बैंकले ताल्चा लगाएर सिलबन्दी गरेको छ । विराटनगर बाटा रोडमै जन्मेका दुगडले ८ वर्षअघि वडा नं. ११ मा १ करोड ५० लाखमा घर किनेका थिए । आठ वर्षयता उनी त्यही घरमा बस्दै आएका थिए ।

 शनिबार बिहान श्रीमती, छोरा र छोरीसहित दुई वटा सुटकेस बोकेर उनी निस्केका हुन् । कृष्णा स्टोर्सका घरधनी महेश सोनीको पनि घरभाडाबापत ५० लाख रुपैयाँ तिर्न बाँकी रहेकोे छ । यसबाहेक विराटनगरका २० वटाभन्दा बढी सहकारीबाट उनले १ लाखदेखि १० लाखसम्म कर्जा लिएको बुझिएको छ । विनोदका ३ छोरी र १ छोरा छन् । काठमाडौंबाट मालसामान खरिद गर्ने विभिन्न थोक विक्रेताको ३ करोड तिर्न बाँकी रहेको छ । साथै विरानगरका साथीभाइसँग पनि उनले सापटी भन्दै १ लाख देखि २५ लाखसम्म मागेकोे छ । करिब २२ सय वर्ग्फिटमा रहको र ८ वटा सटर रहेको उनको पसल विदेशी सामानका लागि चर्चित थियो ।

पसलमा तयारी कपडा, बालबच्चाका कपडा र खेलौना, कार्पेट, गलैँचा, कम्बल, कपप्लेट, सजावटका सामग्री, थर्मसलगायत विविध प्रकारका विदेशी सामान राखिएका थिए । एक समय उनको पसलमा भारतीय ग्राहकहरू उल्लेख्य मात्रामा आउँथे । दुगडले शनिबारदेखि नै आफ्नो फेसबुक आइडी बन्द गरेका छन् । त्यस्तै विराटनगर महानगरपालिकामा उनले खरिद गरेको जमिन पनि दुई महिनाअगाडि नै विक्री गरिसकेको र विराटचौकको जमिनबाट बैनाबापत ६० लाख उठाएकोे छ । उनी बस्दै आएको घर बैंकमा धितोस्वरूप राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।