logo

आर्थिक वर्ष २०७६र०७७ का लागि चालु वर्षको भन्दा कम बजेट छुट्याएको भन्दै विद्युत प्राधिकरणको असन्तुष्टी

    912   पटक पढिएको

२७ बैशाख /अर्थ र व्यापार - नेपाल विद्युत प्राधिकरणको आर्थिक वर्ष २०७६र०७७ का लागि १५ अर्ब रुपैयाँ बजेट छुट्याइएको छ । २०७५ र ०७६का लागि भने २५ अर्ब रुपैयाँ बजेट छुट्याइएको थियो । चार वर्षभित्र देशभर विद्युतीकरण गर्ने महत्वकांक्षी लक्ष्य लिएको सरकारले लक्ष्य कार्यान्वयन गर्ने निकाय विद्युत प्राधिकरणलाईनै चालु वर्षको भन्दा १० अर्ब रुपैयाँ कम बजेट छुट्याएपछि प्राधिकरणले असन्तुष्टी जनाएको थियो ।

अर्थमन्त्रालयले प्राधिकरणलाई बोलाएर चार वर्ष भित्र सबै नागरिकलाई विद्युत सेवा दिन छुट्टै कार्यक्रम ल्याउने भनेपछि प्राधिकरणको भागमा आउने आर्थिक वर्षमा १५ अर्ब रुपैयाँ मात्रै बजेट हुने प्राधिकरण स्रोतले बतायो । प्राधिकरणसँग छलफल भएपछि सरकारले नीति तथा कार्यक्रममै उज्यालो अभियानलाई निरन्तरता दिदै ४ वर्षभित्र सबै नेपालीलाई स्वच्छ उर्जा दिने घोषणा गरिसकेको छ । उक्त कार्यक्रमको लागि सरकारले छुट्टै बजेट व्यवस्थापन गर्नेछ ।

आगामी वर्षको बजेटमा सरकारले प्राधिकरणलाई आन्तरिक स्रोतबाट १५ अर्ब रुपैयाँ मात्र बजेट छुट्ट्याएपनि विदेशी ऋण भने ४५ अर्ब रुपैयाँ दिने तयारी गरेको स्रोतको भनाई छ । प्राधिकरणले त्यस्तो सहुलियतपूर्ण ऋणलाई प्रसारणलाइन निर्माण र केही जलविद्युत आयोजनामा पनि लगानी गर्ने छ । आन्तरिक बजेटबाट भने प्राधिकरणले सवस्टेशन स्तरोन्नती, ग्रामीण तथा सामुदायिक विद्युतीकरणका कार्यक्रम खर्च गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।