२५ जेठ / अर्थ र व्यापार-अब नेपालमा नै भारतको चर्चित विस्कुट तथा वेकरी ब्रान्ड व्रिटानिया उत्पादन हुने भएको छ । यसका लागि ब्रिटानियाले उद्योग विभागबाट स्वीकृति पनि लिएको छ ।
बारा जिल्लामा ब्रिटानियाले उद्योग स्थापना गरी विभिन्न विस्कुट र बेकरी उत्पादन गर्ने गरी विभागमा उद्योग दर्ता गराएको छ । यसका लागि कम्पनीले विभागबाट १ अर्ब ११ कारोड रुपैयाँको स्वीकृत लिएको छ ।
यसले एक अर्ब लगानी गरेर ३ सय ४५ जनलाई रोजगारी दिने भएको छ । यो कम्पनीले आगामी डेढ वर्षमा नै उत्पादन थाल्ने गरी तयारी पनि गरिरहेको छ ।
भारतीय व्यवासायीक समूह दी बाडिाया ग्रुपको सिस्टर कम्पनी ब्रिटानियया इन्डसट्रिज लिमिटेड भारतको पब्लिक कम्पनी हो । यसको ब्रान्ड भारत तथा दक्षिण एसियामै चर्चित छन् ।
तपाईको प्रतिक्रिया