logo

नेपालभित्र आयात गरिने पुस्तकमा लगाइएको १० प्रतिशत भन्सार महशुल कार्यान्वयन गर्न माग

    1195   पटक पढिएको

१३ असार / अर्थ र व्यापार - आगामी आर्थिक वर्ष २०७६र७७ मा नेपालभित्र आयात गरिने पुस्तकमा लगाइएको १० प्रतिशत भन्सार महशुल कार्यान्वयन गर्न मुद्रण र यससँग सम्बन्धित क्षेत्रका ६ संघ–संस्थाले सरकारसँग माग गरेका छन् । 

नेपाल मुद्रण उद्योग महासंघ, नेपाल मुद्रण उद्योग संघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल मसलन्द तथा शैक्षिक सामग्रीय उद्योग संघ, कागज व्यवसायी संघ तथा नेपाल पल्प एन्ड पेपर उत्पादक संघले सरकारले ल्याएको व्यवस्था कार्यान्वयन गर्न माग गरेका हुन् । नेपालका पुस्तकमा भन्सार महशुल र भ्याट गरी सरकारले २८ प्रतिशत लगाए पनि विदेशमा मुद्रण भएर आउने पुस्तकमा शून्य महशुल लगाएको भन्दै स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्न निर्यातमा महशुल लगाउन व्यवस्थायीहरूले माग गर्दै आएका थिए । निर्यात पुस्तकमा महशुल लगाएपछि सरकारले युनेस्कोसँग ज्ञान बढाउने वस्तुमा महशुल लगाउन नपाउने भनी गरेको व्यवस्था विपरित सरकारले महशुल लगाएको भन्दै यसको विरोध हुँदै आएको छ । 

मुद्रण उद्योग महासंघका अध्यक्ष पुष्कल गौतमले विदेशीबाट आउने पुस्तक महंगो भएको तथा ज्ञानको विषय जोडेर निर्यात महशुलनै नलिने गर्दा स्वदेशी उद्योग धराशायी भएको बताउँदै नेपाली व्यवसायीको तुलनामा निर्यात महशुल १० प्रतिशत कम भए पनि सरकारले यसको कार्यान्वयन गर्नुपर्ने बताए । मुद्रण संघका अध्यक्ष शंकर खड्काले वौद्धिक वस्तु भनेर सामग्रीमा महशुल नलगाउनु गलत भएको भन्दै स्वदेशी उद्योगको प्रोत्साहनका लागि निर्यात महशुल लगाउनु स्वागतयोग्य कुरा भएको बताए ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।