logo

नेपालभित्र आयात गरिने पुस्तकमा लगाइएको १० प्रतिशत भन्सार महशुल कार्यान्वयन गर्न माग

    1125   पटक पढिएको

१३ असार / अर्थ र व्यापार - आगामी आर्थिक वर्ष २०७६र७७ मा नेपालभित्र आयात गरिने पुस्तकमा लगाइएको १० प्रतिशत भन्सार महशुल कार्यान्वयन गर्न मुद्रण र यससँग सम्बन्धित क्षेत्रका ६ संघ–संस्थाले सरकारसँग माग गरेका छन् । 

नेपाल मुद्रण उद्योग महासंघ, नेपाल मुद्रण उद्योग संघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल मसलन्द तथा शैक्षिक सामग्रीय उद्योग संघ, कागज व्यवसायी संघ तथा नेपाल पल्प एन्ड पेपर उत्पादक संघले सरकारले ल्याएको व्यवस्था कार्यान्वयन गर्न माग गरेका हुन् । नेपालका पुस्तकमा भन्सार महशुल र भ्याट गरी सरकारले २८ प्रतिशत लगाए पनि विदेशमा मुद्रण भएर आउने पुस्तकमा शून्य महशुल लगाएको भन्दै स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्न निर्यातमा महशुल लगाउन व्यवस्थायीहरूले माग गर्दै आएका थिए । निर्यात पुस्तकमा महशुल लगाएपछि सरकारले युनेस्कोसँग ज्ञान बढाउने वस्तुमा महशुल लगाउन नपाउने भनी गरेको व्यवस्था विपरित सरकारले महशुल लगाएको भन्दै यसको विरोध हुँदै आएको छ । 

मुद्रण उद्योग महासंघका अध्यक्ष पुष्कल गौतमले विदेशीबाट आउने पुस्तक महंगो भएको तथा ज्ञानको विषय जोडेर निर्यात महशुलनै नलिने गर्दा स्वदेशी उद्योग धराशायी भएको बताउँदै नेपाली व्यवसायीको तुलनामा निर्यात महशुल १० प्रतिशत कम भए पनि सरकारले यसको कार्यान्वयन गर्नुपर्ने बताए । मुद्रण संघका अध्यक्ष शंकर खड्काले वौद्धिक वस्तु भनेर सामग्रीमा महशुल नलगाउनु गलत भएको भन्दै स्वदेशी उद्योगको प्रोत्साहनका लागि निर्यात महशुल लगाउनु स्वागतयोग्य कुरा भएको बताए ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।