logo

सरकारद्वारा बोनस ऐनमा संसोधन, ३० प्रतिशत रकम संस्थाको कोषमा जाने

    1503   पटक पढिएको

१७ पुस/ अर्थ र व्यापार  - कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले पुस ९ गते प्रतिनिधिसभामा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक दर्ता गरे । संविधान अनुसार देश संघियतामा गइसकेको छ । संंविधान अनुसार तीन तहको निर्वाचन पनि भइसक्यो । यो हुँदा केही कानूनलाई संघियता चिनाउन जरुरी थियो ।

सोही कानूनमा बोनस ऐन २०३० मा संसोधनको प्रस्ताव गरिएको छ । संघियता चिनाउनको लागि एकमुष्ट रुपमा एक दजर्नभन्दा बढी कानूनहरु संसोधनको प्रस्ताव गरिएको छ । जसमा बोनस ऐन २०३० अन्तर्गत कर्मचारीले पाउने बोनसलाई कटौती गर्ने प्रस्ताव गरिएको छ । अहिले कर्मचारीले कम्पनीको कर तिरेपछि गरेको नाफाबाट ९.०९ प्रतिशत रकम बोनस पाउने व्यवस्था छ । अहिले बैंक तथा वित्तीय संस्था,ठूला कर्पोरेट हाउस तथा बहुराष्ट्रिय कम्पनीले आफ्ना कर्मचारीलाई आकर्षक बोनस दिन्छन् ।

यसमा कर्मचारीले एक महिनादेखि ६ महिनाको तलबसम्मको रकम बोनसको रुपमा पाउने व्यवस्था थियो । बोनस दिएपछि बाँकी रहेको रकम ७० प्रतिशत संस्थाको कल्याणकारी कोषमा ३० प्रतिशत सरकारी कोषमा अहिले जम्मा हुने व्यवस्था थियो । त्यो ७० प्रतिशत रकमबाट आकर्षक बोनस दिने संस्थाले आफ्ना कर्मचारीको सामाजिक सुरक्षा कार्यक्रममा खर्च गर्ने गरेका थिए ।

सरकारले बोनस ऐनमा संसोधन गरेर कर्मचारीले बाडेको रकमबाट बचेको रकममा ३० प्रतिशत संस्थाको कोषमा र ७० प्रतिशत रकम जाने छ । सरकारले कर्मचारीको बोनसमा कटौती गरेको भन्दै निजी क्षेत्रले पनि असन्तुष्टी जनाएको छ । सरकारले सामाजिक सुरक्षा कोषमा त्यो रकम लैजाने व्यवस्था गरेको छ । जबकी सामाजिक सुरक्षा कोषमा दर्ता भएपछि ३१ प्रतिशत रकम कामदार र रोजगारदाताले जम्मा गरेका हुन्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।