१५ असोज/अर्थ र व्यापार– ३० औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा दोलखाको सदरमुकाम चरिकोटमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
योगदान राष्ट्रको लागि फाउण्डेशनको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दोलखाको समन्वयमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा कुल ३७ जनाले रक्तदान गरेको थियो।
रक्तदान कार्यक्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीले स्वस्थ तथा निरोगी बन्न सबैले रक्तदान गर्नुपर्ने बताए।
यस्तै, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दोलखाका सभापति गोकर्ण पोखरेलले जिल्लामा रगत अभाव नहोस भनेर रक्तदान कार्य भईराखेको जानकारी दिए।
योगदान राष्ट्रको लागि फाउण्डेशनको जिल्ला कार्यसमिति दोलखाका संयोजक राजु थापाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यसमिति दोलखाका पदाधिकारी तथा स्थानिय तथा संघसंस्थाको प्रतिनिधीको सहभागिता रहेको थियो।
तपाईको प्रतिक्रिया