logo

दुई दिने बित्तिय साक्षरता सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन सुरु

    1673   पटक पढिएको

१७ असार / अर्थ र व्यापार - नेपाल धितोपत्र बोर्डको आयोजनामा दुई दिने बित्तिय साक्षरता सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन सुरु भएको छ । अर्थ मन्त्री डा. युवराज खतिवडा ले सम्मेलन को औपचारिक रूपमा उद्घाटन गरेका हुन । सम्मेलनमा स्वदेशी तथा बिदेशी गरी १२५ जना भन्दा बढी को सहभगिता रहेको छ । सम्मेलनको उद्घाटन गर्दै अर्थ मन्त्री डा. युवराज खतिवडाले यो सम्मेलनले नेपालको बित्तीय बजार, बित्तीय साक्षर अवस्था अनि आर्थिक स्थितिमा सुधार ल्याउन मद्दत गर्ने बताएका छन् ।

सम्मेलनमा अमेरिका, दक्षिण अफ्रिका, अष्ट्रेलिया, सिंगापुर, भुटान, थाईल्याण्ड चीन, भारत लगायतका देश तथा सार्क राष्ट्रका वित्तीय क्षेत्रका नियमनकारी निकायहरुका ४० जना प्रतिनिधिसहित १२५ जना भन्दा बढिको सहभागीता रहेको बोर्डले जनाएको छ । उक्त सम्मेलनमा बोर्डले दि अर्गनाइजेशन फर इकोनोमिक को–अपरेशन एण्ड डेभलपमेन्ट (ओसिइडी) अन्तर्गतको इन्टरनेशनल नेटवर्क अन फाइनान्सिएल एजुकेशन (आईएनएफई) सँगको सहकार्यमा गरिएको हो । विश्वभरी नै वित्तीय साक्षरताको स्तर अभिवृद्धि गर्ने उद्देश्यले स्थापित उक्त संस्थामा हाल ६४ देशका ८६ संस्थाहरु पूर्ण सदस्य र ९५ देशका १७२ संस्थाहरु नियमित सदस्यको रुपमा रहेको बोर्डले जनाएको छ ।

सम्मेलनमा अर्थ मन्त्रालय, राष्ट्र बैंक, बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेञ्ज लि, अन्य धितोपत्र बजार सहभागी, बैंकर्स एसोशियसन, लगानीकर्ताका संघहरु लगायतका संस्थाहरुको पनि उपस्थिती रहने बताइएको छ । सम्मेलनमा नेपाल लगायत अन्य बिभिन्न अन्तर्रा्ष्ट्रिय जगत्का विज्ञहरुले वित्तीय साक्षरता, समावेशिता, वित्तीय ग्राहक सुरक्षा, वृद्ध जनसंख्याको वित्तीय समावेशिता, बाल्यकालदेखि वित्तीय जोखिमता कम गर्ने, ग्रामीण तथा शहरी जनसंख्याका वित्तीय आवश्यकता बुझ्ने, वित्तीय साक्षरतामा सुधार एवम् साना तथा मझौला उद्योगमा पहुँच वृद्धि गर्ने सम्बन्धमा विभिन्न सत्रहरु संचालन हुने बताइएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।