logo

लक्ष्य भन्दा एक अर्ब बढी राजस्व संकलन गर्दैे वीरगञ्जको सुख्खा बन्दरगाह

    1758   पटक पढिएको

४ असार / अर्थ र व्यापार - भारतको नाकाबन्दीपछि वीरगञ्जस्थित सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालय एकाएक चम्किएको छ । मधेस आन्दोलनसँगै भारतले लगाएको नाकाबन्दीले वीरगञ्ज भन्सारको असुली नराम्ररी प्रभावित भयो । तर सुख्खा बन्दरगाहमा आन्दोलनकारीको अवरोध नभएका कारण असुली पनि चम्क्यो । 

सुख्खा बन्दरगाहबाट रातीको समयमा सामान विना अवरोध आइरहेका कारण भन्सार असुली बढेको थियो । नाकाबन्दी खुलेपछि पनि सामान राम्रोसँग आइरहेको र असुली पनि राम्रो रहेको छ ।
 भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा लक्ष्य भन्दा करिब १ अर्ब बढि असुली गरेको छ । भन्सार कार्यालयले गत साउन देखि जेठ सम्म ११ अर्ब ९० करोड ९ लाख ८६ हजार लक्ष्य पाएकोमा  १९ अर्ब ८६ करोड १३ लाख ३५ हजार संकलन गर्न सफल भएको छ।

भन्सार कार्यालयले लक्ष्य भन्दा ९६ करोड ३ लाख ४९ हजार बढि राजस्व संकलन गरेको छ।जेठमा मात्रै रु १ अर्ब ९३ करोड ३३ लाख ९३ हजार मासिक लक्ष्य रहेकोमा २ अर्ब १२ करोड ७८ लाख ४३ हजार संकलन गरेको छ । यो कार्यालयको दैनिक भन्सार असुली लक्ष्य साढे ६ करोड रुपैयाँ छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।