१९ बैशाख /अर्थ र व्यापार - बर्डफ्लुबाट नेपालमा पहिलोपटक एक युवकको ज्यान गएको बताइएको छ । परिचय नखुलाइएका काभ्रेका २१ वर्षीय ती युवक चैत १० गते ज्वरो र खोकीको समस्या भएपछि अस्पताल पुगेका थिए ।
उनको चैत १५ गते मृत्यु भएको थियो । उनको र्याल टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। त्यहाँ पुष्टी नभएपछि जापान पठाइएको र जापानी प्रयोगशालमा परीक्षण गर्दा एच फाइभ एन वान भाइरस भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया