logo

काठमाण्डौमा बर्ड फ्लू संक्रमण नियन्त्रणको प्रयास जारी

    1318   पटक पढिएको

४ चैत्र /अर्थ र व्यापार– टोखा नगरपालिका र तारकेश्वरमा देखिएको बर्ड फ्लू नियन्त्रण गर्ने प्रयास भइरहेको पशुसेवा विभागले जनाएको छ । बर्ड फ्लू संक्रमित कुखुरा नष्ट गरिएकोे र वरपरका ठाउँमा पनि संक्रमणको जोखिम भए नभएकोबारे अनुगमन गर्ने तयारी भइरहेको विभागका उप–महानिर्देशक डाक्टर सम्झना काफ्लेले जानकारी दिइन् । 

काठमाण्डौका थप केही ठाउँमा पनि बर्ड फ्लू को संक्रमण हुन सक्ने शंका रहेकाले परीक्षण गर्ने तयारी भइरहेको उनले बताइन । बर्ड फ्लू प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र ‘भिर्काेन स्प्रे’ छर्ने काम भइरहेको छ । 

अबको ४० दिन यी ठाउँमा कुखरा पाल्न रोक लगाइएको छ । ४० दिनपछि फेरि विज्ञको टोलीले अनुगमन गरेपछि मात्र कुखुरा पाल्न पाउने नपाउने निर्णय गर्ने डा. काफ्लेले बताइन् । काठमाण्डौको तारकेश्वर र टोखामा रहेका दुईवटा कुखुरा पोल्ट्रीफार्ममा बर्ड फ्लू भएको पुष्टि भएपछि २८ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको छ ।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।