logo

विनासकारी भूकम्पको ३ बर्षमा २७ प्रतिशत मात्र निर्माण सम्पन्न, कहिले सकिन्छ पुननिर्माण ?

    2357   पटक पढिएको

४ भदौ/अर्थ र व्यापार– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीले आव २०७५–०७६ लाई पुनर्निर्माण वर्षका रुपमा अभियान सञ्चालन गर्ने र आव २०७६–०७७ मा सबै घर निर्माण कार्य पूरा हुने बताए ।

ट्रान्सपेरेन्सी इन्टरनेशनलको २३औँ वार्षिकोत्सवको अवसरमा भूकम्पपछिको पुनर्निर्माण र पुनःस्थापनासम्बन्धी विचार गोष्ठीमा सचिव कार्कीले विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त सबै घर तोकिएको पाँच वर्षभित्रै निर्माण सम्पन्न हुने बताएका हुन् । 

विसं २०७२ को भूकम्प पिडितहरुमध्ये २७ प्रतिशत लाभग्राहीले मात्र घर निर्माण कार्य पूरा गरेको जानकारी दिएको छ । चौध जिल्लामा आठ लाख ०७ हजार ४८६ लाभग्राही रहेको, सात लाख २२ हजार १७६ सँग अनुदान सम्झौता भएको, पाँच लाख ४१ हजार ४४० घर निर्माण सुरु गरेको, तीन हजार ८१५ विद्यालय निर्माण सम्पन्न भएको बताइएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलका महासचिव पद्मिनी प्रधानाङ्गले भूकम्पबाट क्षतिग्रस्त भवन तथा विद्यालय अझै पुनर्निर्माण हुन नसकेको, भूकम्पपीडितको घर निर्माणको गति सुस्त भएको उल्लेख गरे।

ट्रान्सपरेन्सी इन्टरनेशनलका अध्यक्ष श्रीहरि अर्यालले भूकम्पपछिको पुनर्निर्माण र पुनःस्थापनाका लागि सदाचार कार्यक्रम सञ्चालन गर्दै आएको र नीति निर्माण, योजना कार्यान्वयन र अनुगमनमा सहकार्य गर्दै आएको जानकारी दिए ।

कार्यक्रममा राजपाका नेता महेन्द्रराय यादवले भूकम्पपीडितलाई आएको विदेशी सहायता पीडितसम्म नपुगेको, राष्ट्रिय प्राधिकरणको काम कछुवा गतिमा अघि बढिरहेको, जनता बाढी, पहिरोको जोखिममा बाँच्न बाध्य भएको बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।