logo

आजदेखि काठमाडौंमा बिम्स्टेक बैठक सुरु हुँदै

    1503   पटक पढिएको

२६ साउन / अर्थ र व्यापार – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रहरुको प्रयास (बिम्स्टेक) को १५औं मन्त्रीस्तरीय बैठक आजदेखि सुरु हुँदैछ । मन्त्रीस्तरीय बैठकको छलफलको सत्र भोलिदेखि सुरु हुनेछ । प्रधानमन्त्री शेरबहादुर देउवाले बैठक उद्घाटन गर्नेछन् । 

मन्त्रीस्तरीय बैठकअघि सचिवस्तरीय बैठक हुनेछ । सचिव स्तरीय बैठक बिहीबार हुनेछ । सचिवहरुको बैठकले मन्त्रीस्तरीय बैठकको एजेण्डा तय गर्नेछ । बैठकमा बिम्स्टेक सदस्य राष्ट्रहरुको उपस्थिति रहनेछ । मन्त्रीस्तरीय बैठक दुई दिनसम्म चल्नेछ । दुई दिनसम्म चल्ने बैठकमा नेपालका तर्फबाट उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेतृत्व गर्नेछन् ।

बिम्स्टेकमा नेपाल, भारत, भुटान, बंगालादेश, श्रीलंका, म्यान्मार र थाइल्यान्ड सदस्य रहेका छन् । नेपालले सन् २०१५ देखि बिम्स्टेकको अध्यक्षता गर्दै आएको छ । अध्यक्ष राष्ट्रको हैसियतले नेपालले यो वर्ष बिम्स्टेकको सम्मेलन गर्दैछ । सम्मेलनको मिति मन्त्रीस्तरीय बैठकले तय गर्नेछ । 

बैठकमा सदस्य राष्ट्रहरुबीचको व्यापार, लगानी, ऊर्जा, पर्यटन, कृषि, प्रतिआतंकवाद नियन्त्रण गरिबी निवारण लगायतका विषयमा छलफल हुनेछ । मन्त्रीस्तरीय बैठकमा भाग लिन सदस्य राष्ट्रका मन्त्री तथा सहायक मन्त्री बिहीबार काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।