logo

बिम्स्टेकको सम्मेलनका लागी सडक मर्मतमा मात्रै १० करोड रुपैयाँ खर्च भएको खुलासा

    1255   पटक पढिएको

१० पुस/ अर्थ र व्यापार  - बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो सम्मेलनका क्रममा सडक टाल्न मात्रै १० करोड रुपैयाँ खर्च भएको खुलेको छ । विभिन्न सडक मर्मत तथा खाल्डा टाल्न १० करोड २६ लाख रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थले काठमाडौं भित्रका विभिन्न सडक सुधारका क्रममा भएको खर्चको भूक्तानी मंसिरमा दिएको जनाएको छ । मन्त्रालयले मंसिरमा रकमान्तर गरी यो रकम भूक्तानी गरेको उल्लेख गरेको छ । अर्थले सम्बन्धित मन्त्रालय एवं निकायले ठेक्का तथा कामको गुणस्तर कायम गर्ने गरी रकम दिइएको पनि जनाएको छ ।

बिमस्टेक शिखर सम्मेलनका क्रममा काठमाडौं उपत्यका भित्रका सडक मर्मत गरिएका थिए । काठमाडौंको चक्रपथका अतिरिक्त विभिन्न भित्री बाटो पनि त्यस क्रममा मर्मत भएका थिए ।  भदौ १४ र १५ गते भएको सम्मेलनमा भाग लिन बिम्स्टेक सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरु नेपाल आएका थिए । विदेशी पाहुनालाई देखाउन टालिएका बाटो अहिले पूरानै अवस्थामा फर्किसकेका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।