logo

बिम्स्टेकको सम्मेलनका लागी सडक मर्मतमा मात्रै १० करोड रुपैयाँ खर्च भएको खुलासा

    1030   पटक पढिएको

१० पुस/ अर्थ र व्यापार  - बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो सम्मेलनका क्रममा सडक टाल्न मात्रै १० करोड रुपैयाँ खर्च भएको खुलेको छ । विभिन्न सडक मर्मत तथा खाल्डा टाल्न १० करोड २६ लाख रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थले काठमाडौं भित्रका विभिन्न सडक सुधारका क्रममा भएको खर्चको भूक्तानी मंसिरमा दिएको जनाएको छ । मन्त्रालयले मंसिरमा रकमान्तर गरी यो रकम भूक्तानी गरेको उल्लेख गरेको छ । अर्थले सम्बन्धित मन्त्रालय एवं निकायले ठेक्का तथा कामको गुणस्तर कायम गर्ने गरी रकम दिइएको पनि जनाएको छ ।

बिमस्टेक शिखर सम्मेलनका क्रममा काठमाडौं उपत्यका भित्रका सडक मर्मत गरिएका थिए । काठमाडौंको चक्रपथका अतिरिक्त विभिन्न भित्री बाटो पनि त्यस क्रममा मर्मत भएका थिए ।  भदौ १४ र १५ गते भएको सम्मेलनमा भाग लिन बिम्स्टेक सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरु नेपाल आएका थिए । विदेशी पाहुनालाई देखाउन टालिएका बाटो अहिले पूरानै अवस्थामा फर्किसकेका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।