logo

बीमा क्षेत्रमा आर्कषण बढ्दो, १ महिनामै ११ हजार ६५ जना बीमा अभिकर्ता थपिए

    1429   पटक पढिएको

२५ बैशाख /अर्थ र व्यापार - बिमा कम्पनीमा एक महिनामा ११ हजार ६५ जना बीमा अभिकर्ता थपिएका छन् । बीमा समितिको तथ्यांक अनुसार गत फागुन महिनामा ४ लाख ७३ हजार ८८१ बीमा अभिकर्ता रहेकोमा चैत महिनामा बढेर यो संख्या ४ लाख ८४ हजार ९४६ पुगेको छ ।

बीमा क्षेत्रमा देखिएको आकर्षणका लागि अभिकर्ता पनि बढेको जानकारहरु बताउँछन् । बीमा क्षेत्रमा नयाँ–नयाँ कम्पनी आएसँगै व्यापार बढाउन अभिकर्ता संख्या बढाउने क्रम बढेको हो ।

बीमा कम्पनीहरुले अभिकर्तासँगै शाखा कार्यालय समेत बिस्तार गरेका छन् । गत फागुनको तुलनामा चैत महिनामा बीमा कम्पनीले ४८ वटा कार्यालय विस्तार गरेका छन् । फागुन महिनामा १ हजार ४६४ कार्यालय रहेकोमा चैत महिनामा १ हजार ५१२ कार्यालय पुगेको छ ।

हाल मुलुकभर १९ वटा जीवन बीमा कम्पनी सञ्चालनमा छन् । त्यस्तै जीवन बीमा कम्पनीमा चैत महिनामा १४९ कर्मचारी समेत थपिएका छन् । फागनु महिनामा ४ हजार ४४८ कर्मचारी कार्यरत रहेकोमा चैत महिनामा ४ हजार ५९७ कर्मचारी पुगेका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।