logo

बिल गेट्सले दान गरे ४ अर्ब ६ करोड डलर

    1537   पटक पढिएको

३२ साउन / अर्थ र व्यापार – विश्वकै धनी व्यक्ति बिल गेट्सले ४ अर्ब ६ करोड अमेरिकी डलर बराबर सम्पत्ति दान गरेका छन् । गेट्सले आफ्नो कुल सम्पत्तिको ५ प्रतिशत बराबर माइक्रोसफ्टको ६ करोड ४० लाख सेयर दान गरेका हुन् । यसको मूल्य ४ अर्ब ६ करोड अमेरिकी डलर हुन्छ ।

यही वर्ष जुन ६ मा उनले यो दान गरेको अमेरिकी सेक्यूरिटिज एण्ड एक्सचेन्ज कमिशनले सोमबार विज्ञप्ति जारी गरी जानकारी दिएको द गार्डियनमा उल्लेख छ । गेट्सले यो दान कसलाई गरे भन्ने आधिकारिक जानकारी छैन् । यो रकम गेट्स दम्पतीले सन् २००० मा स्थापना गरेको बिल एण्ड मेलिन्डा फाउन्डेसनमा गएको अनुमान छ ।

परोपकारी काम तथा सहयोग गर्दै आएको फाउन्डेसन स्थापनापछि गरेको यो सबैभन्दा ठूलो दान हो । यसअघि उनले सन् १९९९ मा १६ अर्ब डलर र अर्को वर्ष ५ अर्ब १ करोड डलर दान गरेका थिए । सन् १९९४ यता उनीहरुले ३५ अर्ब डलर दान गरिसकेका छन् । हाल बिल एण्ड मेलिन्डा फाउन्डेसन व्यक्तिगत स्वामित्वमा रहेको विश्वकै धनी सहयोगी संस्था हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।