logo

अनसनरत विजय थापाको स्वास्थ्यमा समस्या आएपछि काठमाण्डौ लगियो

    1153   पटक पढिएको

४ माघ/ अर्थ र व्यापार – गएको पुस २७ गतेबाट अनसनरत विजय थापाको स्वास्थ्यमा समस्या आएपछि इलाम अस्पतालबाट बिहीबार राति नै काठमाण्डौ लगिएको छ ।

उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले बिहीबार राति ११ बजे इलाम अस्पतालबाट काठमाण्डौ लगिएको इलाम अस्पतालका डा. पवनजंग रायमाझीले जानकारी दिए । 

उनका अनुसार शरीरमा ग्लुकोजको मात्रा कम भएको, श्वासप्रश्वास र पिसाबमा समस्या आएकोले तत्काल आईसीयू वा सीसीयूमा राखेर उपचार गर्नुपर्ने भएकाले अस्पतालबाट रिफर गरिएको हो । 

थापालाई झापाको चन्द्रगढी एयरपोर्टबाट हेलिकप्टर काठमाण्डौं लगिएको थापा निकट पुष्पराज भण्डारीले जानकारी दिए । शुक्रबार उनलाई काठमाण्डौ महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालमा थप उपचारका लागि पु¥याइएको भण्डारीले जानकारी दिए । 

थापा संसदको शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको चिकित्सा शिक्षा विधेयकलाई हुबुहु संसदबाट पारित हुनुपर्ने माग राख्दै अनसनमा बसेका हुन् ।  


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।