logo

उद्यमशील वातावरण तयार भएमा नेपाली युवा विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्षम हुने राष्ट्रपति विद्यादेवी भण्डारीको विश्वास

    1267   पटक पढिएको

२ फागुन/ अर्थ र व्यापार - पहिलो ‘नेपाल उद्यमशीलता सम्मेलन–२०१९’ को उद्घाटन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा चुलिएको व्यापार घाटालाई सन्तुलन गर्दै निर्यात प्रवद्र्धन गर्नुपर्ने बताएकी छन् । ‘सङ्घीय नेपाल, लगानी र समृद्धिको अवसर’ भन्ने नाराका साथ नेपाल उद्योग परिसङ्घ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा आज यहाँ शुरु भएको पहिलो ‘नेपाल उद्यमशीलता सम्मेलन–२०१९’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा उद्यमशीलताका लागि युवा जनशक्तिलाई उत्प्रेरित गर्न, लगानीमैत्री वातावरण सिर्जना गर्न र सरकारी सेवालाई संस्थागत र सरलीकरण एवं सुदृढ गर्न व्यावसायिक शिक्षा र तालीमको व्यवस्था गरी उद्यमशीलताबारे राष्ट्रिय, क्षेत्रीय र अन्तर्रा्ष्ट्रियस्तरमा अनुभव आदानप्रदान गर्नुपर्नेमा जोड दिइन् ।

उद्यमशीलताको माध्यमबाटै स्वदेशमै रोजगारीको अवसर सिर्जना हुने भएकाले युवापुस्तालाई विदेश पलायन हुनबाट रोक्न सकिने बताउँदै उहाँले ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानलाई सार्थक बनाउन नेपाली युवालाई उद्यमशीलतामार्फत आर्थिक विकासमा प्रत्यक्ष सहभागी गराई उनीहरुमा रहेका ज्ञान, क्षमता, दक्षता र विज्ञतालाई उपयोग गर्नुपर्नेमा जोड दिइन् । राष्ट्रपति भण्डारीले नयाँ सोच, नयाँपन, नवीन प्रविधि र सिर्जनशीलताको विकासमा सहयोग पुर्याउनुपर्ने बताउँदै नवीन सोच भएका युवाका लागि लगानी र उद्यमशील वातावरण तयार भएमा नेपाली युवा विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्षम हुने विश्वास व्यक्त गरिन् ।

मुलुकको आर्थिक विकासका लागि उद्यमशीलताबाटै स्वरोजगार एवं रोजगारी सिर्जना गर्न युवापुस्ताको भूमिका महत्वपूर्ण हुने उनले उल्लेख गरिन् । सम्मेलनले उद्यमीले भोग्नुपरेका समस्याको विश्लेषण गर्दै समाधानका उत्तम उपाय, चुनौती तथा अवसर पहिचान गरी सुझावसहित उचित निष्कर्ष निकाल्ने विश्वास व्यक्त गर्दै राष्ट्रपति भण्डारीले विद्यमान ऐन कानूनलाई सङ्घीय संरचनाअनुकूल बनाउन आफ्नो तर्फबाट लिनुपर्ने अग्रसरता सम्मेलनले लिने विश्वास व्यक्त गरिन् ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले मुलुकमा लामो समयसम्म अधिकारका लागि लडाइँ चलेको उल्लेख गर्दै अब आन्दोलनको मानसिकता त्यागी समृद्धिको लडाइँमा सबै एकजुट भएर लाग्नुपर्ने बताइन् । उनले लगानीका लागि उचित वातावरण तयार गर्न सरकार तयार रहेको बताउँदै समस्या रहेका क्षेत्रको पहिचान गरी त्यसको समाधान गर्न सरकार व्यवसायीसँग छलफलका लागि जुनसुकै समयमा पनि तयार रहेको बताइन् । 

नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले आर्थिक समृद्घिका लागि निजी क्षेत्र सरकारसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताउनुहुँदै पुराना कानून संशोधन गरी लगानीमैत्री बनाउन आग्रह गरे । उनले लगानीको उचित वातावरण तयार गर्न प्रदेश तथा सङ्घीय सरकारसँग माग गर्दै अबको कानून लगानीमैत्री र लगानीका हिसाबले दक्षिण एशियाकै उत्कृष्ट बनाउन आग्रह गरे । सम्मेलनको दोस्रोसत्रमा आजै विभिन्न व्यक्तित्वले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । सम्मेलनमा सातै प्रदेशका उद्योगमन्त्री, मुलुकभरका उद्योगी व्यवसायीलगायतको सहभागिता रहेको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।