२३ मंसिर/अर्थ र व्यापार– विवेकशील नेपाली पार्टी र साझा पार्टीबीच भोली बुधवार एकता घोषणा हुने भएको छ ।
साझा पार्टीका रवीन्द्र मिश्र अध्यक्ष र विवेकशीलका मिलन पाण्डे संयोजकको भूमिकामा रहने सहमति भएको छ । अध्यक्ष र संयोजक दुवैलाई कार्यकारी भूमिका हुने गरी सहमति भएको हो ।
विवेकशीलकी नेतृ रञ्जु दर्शनाका अनुसार भोली बुधवार अपरान्ह ३ बजे भर्चुअल कार्यक्रम मार्फत एकीकरण घोषणा हुने जानकारुी दिईन् । उनले पार्टीको नाम पहिले जस्तै विवेकशील साझा पार्टी हुने र चुनाव चिन्ह तराजु राख्ने सहमती भएको जानकारी दिईन् ।
यी दुई पार्टीबीच यसअघि २०७४ साउन ११ गते एकता भएको थियो । एकताको १७ महिनापछि २०७५ पुसमा विभाजन भएको थियो ।
एक भएपछि विवेकशील साझा पार्टीले छ महिनाभित्र एकता महाधिवेशन गर्ने बताएको छ।
तपाईको प्रतिक्रिया