logo

धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगाना नियुक्त

    1824   पटक पढिएको

२२ पुष / अर्थ र व्यापार - सरकारले नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भीष्म ढुंगानालाई नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको छ।

३५ वर्षको बैंकिङ अनुभव भएका ढुंगाना अहिले पनि बोर्डको विज्ञ सदस्य छन्। बैंकिङ तथा अर्थतन्त्र, बैंक नियमन तथा सुपरिवेक्षण, विदेशी मुद्रा ब्यवस्थापन, वित्तीय क्षेत्र सुधार र पूँजी बजारका उनी विज्ञ मानिन्छन्।

ढुंगाना राष्ट्र बैंकमा जानुअघि सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमा जागिरे थिए। सहायक पदबाट जागिर सुरू गरेका उनले त्यहाँ पाँच वर्ष बिताएका थिए। 

त्यसपछि राष्ट्र बैंकमा अधिकृतमा नाम निकालेर उनी नियामकीय भूमिका पुगे। २०६२ सालमा उनी निर्देशक भए। २०७० सालमा उनी कार्यकारी निर्देशकमा बढुवा भएका थिए। केही महिनाअघि अवकाश भएका उनी अर्को नियामक बोर्डको विज्ञ सदस्यमा नियुक्त भएका थिए। 

ढुंगाना आगामी गभर्नरको दौडमा पनि लागेका थिए। उनले वित्तीय क्षेत्रको नियामकमा चर्कौ प्रतिस्पर्धा देखेपछि पुँजी बजारको नियामक प्रमुखका लागि आवेदन दिएका थिए। आठ जनाले दिएको आवेदनमा ढुंगानालाई सरकारले नियुक्ति दिएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।