१९ फागुन अर्थ र व्यापार – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना नेता तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधनको शोकमा पार्टीको झण्डा आधा झुकाउने भएको छ ।आइतबार बिहान बसेको नेकपा सचिवालयको बैठकले अधिकारीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै आइतबार देशभरका सबै पार्टी कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो ।
आइतबारदेखि तीनदिनसम्म सबै तहका पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने र फागुन २३ गते काठमाण्डौको भृकुटीमण्डपमा पार्टी केन्द्रको आयोजनामा श्रद्धाञ्जली सभा गर्ने निर्णय पनि बैठकले गरेको छ । नेता अधिकारीको ८२ वर्षको उमेरमा शनिबार राति ९ बजेर ३५ मिनेट जाँदा ह्याम्स अस्पताल काठमाण्डौमा निधन भएको हो ।
तपाईको प्रतिक्रिया