logo

बिमा समितिले सुरु गर्यो बाढिको क्षति तथ्यांक संकलन

    1140   पटक पढिएको

५ भदौ / अर्थ र व्यापार – बिमा समितिले सञ्चालनमा रहेका जविन र निर्जवन बिमा कम्पनीहरुबाट बाढिको कारण भएको क्षतिको तथ्यांक संकलन सुरु गरेको छ । बिमा समितिले कम्पनीहरुलाई अन्तिम तथ्यांक नआउँदासम्म हरेक साता बाढिको कारण परेको क्षतिको विवरण पेश गर्न भनेको छ । सोमबारसम्ममा एक बिमा कम्पनीले मात्र प्रारम्भिक तथ्यांक पेश गरेको छ ।

एनएलजी इन्स्योरेन्स कम्पनीले मात्रै हालसम्म क्षती सम्बन्धि तथ्यांक समितिमा पेश गरेको छ । कम्पनीले करिब ३ करोड ८३ लाख रुपैयाँ बराबरको दाबी परेको उल्लेख गरेको हो । कम्पनीले यसमा बालिको क्षतिको तथ्यांक भने पेश गरेको छैन् । कम्पनीले अग्नि बिमा अन्तरगत गरिएको बिमामा ४० लाख ७५ हजार, मोटर बिमामा १४ लाख ६५ हजार, इञ्जिनियरिङ बिमामा निर्माणाधिनमा २ करोड ५६ लाख, निर्माण सम्पन्नमा ५० लाखको क्षति भएको उल्लेख गरेको छ ।

त्यस्तै, कम्पनीले पशु बिमा अन्तरगत १४ लाख २५ हजार, बिमा गरिएको माछा व्यवसायमा ७ लाख ५० हजारको क्षतिको दाबी परेको बताएको छ । बिमा समितिले सञ्चालनमा रहेका सबै कम्पनीहरुसँग यस्तो तथ्यांक मागेको भएपनि अन्य २५ कम्पनीले तथ्यांक पेश गरिसकेका छैनन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।