६ भदौ/अर्थ र व्यापार– चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको कलकींको ‘अण्डरपास वे’ सञ्चालनमा आएको पाँच दिनमै बन्द भएको छ ।
चक्रपथ सुधार आयोजनाले प्राविधिक काम बाँकी रहेको भन्दै ‘अण्डरपास वे’ बन्द गराएको हो ।
नेपालकै पहिलो अण्डरपास भदौ १ गतेबाट सञ्चालनमा ल्याइएको थियो । तर अहिले आयोजनाले केहि समय गाडी रोकेर काम गर्नका लागि अण्डरपास वे बन्द गरेको छ ।
अण्डरपासमा सडकको कालोपत्रे, लेन छुट्याउने, रङ्गरोगन गर्नेलगायतका काम बाँकी छन् ।
भदौ महिनाभित्र अण्डरपास फिनिसिङ सक्ने लक्ष्य लिइएको छ । आयोजनाका अनुसार अण्डरपास सञ्चालन भएपनि फिनिसिङ सकिएपछि भव्य रुपमा उद्घाटन गरिने छ ।
तपाईको प्रतिक्रिया