१५ मंसिर/अर्थ र व्यापार– वैदेशिक रोजगार कार्यालय ताहाचलले श्रम स्वीकृति नलिइ टिकट आदि ब्यवस्था नगर्न आग्रह गरेको छ ।
कार्यालयले एक सूचना जारी गर्दै टिकट लिई श्रम स्वीकृति हुन नसकेमा कार्यालय जवाफदेही नहुने जनाएको हो।
रोजगार कार्यालयले सेवाग्राहीले आज मेरो टिकट छ भनी टोकन अगाडि सार्न अनुरोध गर्ने गरेको भन्दै श्रम स्वीकृति नलिइ टिकट नकाट्न अनुरोध गरेको हो ।
कार्यालयले आइतबारदेखि दैनिक ३ सयको मात्र टोकन काट्ने भएको छ । नवीकरण तर्फ सेवाग्राहीको माग एवम् चापलाई ध्यानमा राखी दैनिक टोकन सिस्टम सुरु गरेको कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया