logo

कोभिड-१९ कहरकाबीच २६ अर्ब वैदेशिक लगानी प्रतिबद्धता

    1742   पटक पढिएको


२२ असोज/अर्थ र व्यापार– कोभिड-१९ का कारण लकडाउन सुरु भएदेखि ७ वटा मुलुकबाट १ सय ३२ परियोजनामा २६ अर्ब नेपाली रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

उद्योग विभागका निर्देशक एवं सूचना अधिकारी बिनोद खड्काले गत ११ चैतदेखि १३ असोजसम्म विभिन्न ७ वटा मुलुकबाट २६ अर्ब नेपाली रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको बताए ।

यस अवधिमा चिनबाटमात्रै ११९ वटा उद्योगमा २१ अर्ब लगानी प्रतिबद्धता आएको छ । भारतबाट ६ वटा उद्योग, बेलायत र नेदरल्याण्ड्सबाट दुई–दुई वटा, मेक्सिको, मलेसिया र ब्रिटिश भर्जिन आईल्याण्डबाट एक–एक वटा आयोजनाका लागि लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । 

वैदेशिक लगानीमा आएको प्रतिबद्धता मध्ये १३० वटा साना, एक मध्यम र एक ठूलो उद्योग रहेका छन् । प्रतिबद्धताअनुसार सबै परियोजनाका लागि लगानी आए चार हजार दुई सय १७ जनाले रोजगारी पाउने विभागले जनाएको छ ।

आर्थिक वर्ष ०७५र७६ मा २५ अर्ब ४८ करोड कुल वैदेशिक लगानी भित्रिएकोमा ०७६र७७ मा लगानी बृद्धि भएर ३८ अर्ब ८७ करोड बराबर पुगेको थियो ।

यस आर्थिक वर्षको पहिलो तीन महिनामा विभिन्न ८३ वटा परियोजनाका लागि १७ अर्ब वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यीमध्ये एउटा ठूलो, एक मध्यम र ८१ वटा साना उद्योगमा लगानी प्रस्ताव आएको विभागले जानकारी दिए ।

कोरोना महामारीका बिचपनि अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष ०७६र०७७ मा ४९.१ प्रतिशतले वैदेशिक लगानी प्रतिबद्धता बृद्धी भएको उद्योग विभागले जनाएको छ । 

उद्योग विभागका महानिर्देशक जीवलाल भुसालले जलविद्युतमा ठूला र होटल तथा रेष्टुरेण्टमा साना लगानी प्रतिबद्धता आएको जानकारी दिए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।