९ पौष / अर्थ र व्यापार - समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
पार्टीको बुधबार बसेको कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । उनले पार्टी अब प्रतिपक्षमा रहेर संविधान परिमार्जन गर्ने संशोधन गर्ने र सबैको संविधान बनाउने कार्यमा लाग्ने बताए ।
‘समाजवादी पार्टीले नेकपाको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ । अब समाजवादी प्रतिपक्षको भूमिका निर्वाह गरेको निर्णय गरेको जानकारी गराउँछु’ उनले भने ।
तपाईको प्रतिक्रिया