logo

एक सातापछि बल्ल अर्थमन्त्रालयले ८८ किलो सुनको अनुसन्धान गर्न टोली बनायो

    1393   पटक पढिएको

२६ भदौ / अर्थ र व्यापार – अर्थमन्त्रालयले केरुङ हुँदै काठमाडौंमा बरामद भएको ८८ किलो सुन बारे अनुसन्धान गर्न भन्सार विभागका उपमहानिर्देशक कुलराज ज्ञवालीको संयोजकत्वमा छानविन टोली बनाएको छ ।

डेढ साता अघि केरुङ हुँदै आएको ८८ किलो सुन ठमेलमा प्रहरीले बरामद गरेको थियो । रसुवा भन्सार हुँदै प्रहरीका विभिन्न चेकपोष्टमा सजिलै पास भएर काठमाडौं  सुन आउँदा पनि अर्थ लगायतका अन्य निकायले छानविन टोली बनाएको थिएन । अर्थले समेत एक सातापछि मात्रै छानविन टोली बनाएको छ । 

८८ किलो सुन रसुवा, धादिङ, नुवाकोट जिल्लामा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरी र केरुङ नाकामा रहेको भन्सार कार्यालयसहित १ दर्जनभन्दा बढी चेकपोष्टबाट सहजै पार गरी राजधानी भित्रिएको थियो । यो सुन भित्रिएका जिल्लाका जिल्ला प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी र भन्सारका प्रमुखसँग समेत छानविनको दायरामा तान्ने र नतान्ने निर्क्यौंल गरेको छैन् ।

३३ केजी सुन प्रकरणमा छानविन समितिको अनुसन्धानमा विमानस्थलमा कार्यरत एसएसपी श्याम खत्रीदेखि श्रीनारायण यादव र राज भन्ने राजकुमार ढकाललाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।