२१ असार / अर्थ र व्यापार – नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर काष्टमण्डपको उडान अनुमति (एओसी) खारेज गरेको छ । काष्टमण्डपले सन् २००९ मा दुई जहाजमार्फत उडानको लागि अनुमति पाएको थियो ।
नेपालगन्ज र सुर्खेतबाट कर्णाली क्षेत्रमा चार्टर उडान गर्दै आएको यो काष्टमण्डपको एओेसी गत जेठ २६ मा नै खारेजी भयो । यसको जानकारी प्राधिकरणले तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्रालयलाई दिएको छ ।
यो वायुसेवासँग २ वटा जहाज भएपनि एउटा जहाज दुर्घटना भएपनि प्राधिकरणले सुरक्षाको लागि उडान अनुमति सस्पेन्समा राखेको थियो । यो वायुसेवाले त्यसपछि अर्को जहाज उडान नै गर्न सकेन र यसको उडान भविष्य नै सकियो ।
तपाईको प्रतिक्रिया