logo

अनुष्का श्रेष्ठलाई ‘मिस नेपाल २०१९’को  उपाधि

    1198   पटक पढिएको

२७ बैशाख /अर्थ र व्यापार - मिस नेपाल २०१९’ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् । कीर्तिपुरस्थित ल्याब्रोटरी स्कुल प्रांगणमा बिहीबार भएको फाइनलमा २४ सुन्दरीलाई उछिन्दै अनुष्काले मिस नेपालको ताज पहिरिएकी हुन् । प्रदीप्ता अधिकारी मिस नेपाल युनिभर्स , रिया बस्नेत मिस नेपाल अर्थ , मीरा कक्षपतिले मिस नेपाल इन्टरनेसनल र रोज लामाले सुपर न्यासनलको उपाधि जितेका छन् ।

२५ प्रतिस्पर्धीमध्ये १५ हुँदै अन्तिममा ७ जना छानिएका थिए । अनुष्कालाई मिस नेपाल २०१८ की शृंखला खतिवडाले ताज पहिराएकी थिइन् । अनुष्काले अब मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन् । मिस ट्यालेन्टको उपाधि प्रदीप्ता अधिकारीले पाइन् भने पपुलर च्वाइसमा रिया बस्नेत परेकी छन् । यसैगरि मिस फ्यासिनो अनुष्का श्रेष्ठ , मिस कन्फिडेन्स उपाधि निशा पाठक र ब्युटी विथ प्रपोजको उपाधि निकिता कर्माचार्यले जितेकी छन् ।

हिडन ट्रेजरले आयोजना गरेको मिस नेपाल प्रतियोगिताको यो २५ औं संस्करणमा प्रमुख निर्णायक इला शर्माले अन्तिम सातमा पुगेका प्रतियोगीलाई अधिकार र स्वतन्त्रताको माग गर्नुअघि काम र जिम्मेवारी पूरा गरेमा हामी संसारलाई अझै राम्रो बनाउन सक्छौं । तपाईं के सोच्नुहुन्छ रु भन्ने प्रश्न सोधेकी थिइन् । अनुष्काले अधिकार र कर्तव्य एक सिक्काका दुई पाटा भएको बताउँदै नागरिक, व्यक्ति, साथी र जीवनसाथीले आफ्नो जिम्मेवारीको महसुस गरेमा मात्र अधिकारको भागीदार हुने जबाफ दिएकी थिइन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।