१३ मंसिर/अर्थ र व्यापार– नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा किशोरकुमार प्रधान समूहबाट अञ्जन कुमार श्रेष्ठ विजयी भएका छन् । उनले ६२ मत पाएर विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी उमेशलाल श्रेष्ठले ३७ मत पाएका छन् । उमेश चन्द्रप्रसाद ढकाल समूहबाट चुनाब लडेका थिए ।
अञ्जन करिब डेढ दशकदेखि महासंघमा सक्रिय छन् । उनले १६ वर्ष महासंघको कार्यसमितिदेखि विभिन्न समितिमा रहेर काम गरिसकेका छन् ।
तपाईको प्रतिक्रिया