logo

अनेरास्ववियुको उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति

    1796   पटक पढिएको

२५ असार / अर्थ र व्यापार – अनेरास्ववियुले उच्च शिक्षा अध्ययनका लागि १५० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।  अनेरास्ववियुले राजधानीमा एक कार्यक्रमको आयोजना गरी माध्यमिक शिक्षा परीक्षा (एसइइ) उत्तीर्ण गरेका ती विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । अनेरास्ववियुका पूर्वअध्यक्ष रामनाथ ढकालको स्मृतिमा सो छात्रवृत्ति स्थापना गरिएको छ ।

छात्रवृत्ति प्रदान गरिएका ती विद्यार्थीलाई उपत्यकाका विभिन्न सरकारी तथा निजी कलेजमा अध्ययन गराइनेछ । छात्रवृति प्राप्त गर्ने विद्यार्थीलाई कक्षा ११ र १२ का लागि विज्ञान, मानविकी, शिक्षा र व्यवस्थापन विषयमा लाग्ने शुल्क उपलब्ध गराउने छ । सो अवसरमा नेकपा एमालेका केन्द्रीय सदस्य रवीन्द्र अधिकारीले छात्रवृत्ति प्रदान गरिएका विद्यार्थीलाई कलम र कापी प्रदान गरेका थिए ।

कैलाली, बर्दिया, कञ्चनपुर, दोखला, जुम्ला, प्यूठानलगायत १० जिल्लाका सरकारी विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई मात्र सो छात्रवृत्ति उपलब्ध गराइएको छ । पूर्वअध्यक्ष ढकालको स्मृतिमा स्थापित सो छात्रवृत्ति अनेरास्ववियुले गत वर्षदेखि प्रदान गर्दै आएको छ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।