१४ असोज/अर्थ र व्यापार– सूर्य नेपालले तनहुँको शुक्ला गण्डकी नगरपालिका सेराटार तनहुँलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
कम्पनीले बुधवार एक कार्यक्रमका बीच शुक्ला गण्डकी नगरपालिका सेराटार तनहुँलाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा नगर प्रमुख किसन गुरुङ, उपप्रमुख सबिता रसाइली, सूर्य नेपालका फ्याक्ट्री म्यानेजर बाबुराम कार्की, वाणिज्य प्रमुख गौतम यादव, एचआर म्यानेजर अञ्जन दुवाडी र सुरक्षा विभाग प्रमुख होमनाथ अर्याललगाएतको उपस्थिती रहेको थियो ।
कम्पनीले विगत लामो सयदेखि खेलकुद, शिक्षा, स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधार लगायतका क्षेत्रहरुमा सहयोग गर्दे आइरहेको छ ।
तपाईको प्रतिक्रिया