logo

अल्टिच्युड एअरद्वारा नयाँ हेलिकोप्टर खरिद

    1487   पटक पढिएको

२१ चैत्र /अर्थ र व्यापार - अल्टिच्युड एअरले एअरबसको विश्वविख्यात हेलिकोप्टर एएस ३५० बी ३ ई (एच १२५) खरिद गरेको छ । अल्टिच्युडले खरिद गरेको नयाँ हेलिकोप्टर मलेसियाबाट मार्च ३० मा उडेर बुधबार काठमाडौंमा ल्यान्ड गरेको हो । फ्लाइटमा कम्पनीका अपरेसन्स निर्देशक क्याप्टेन केशव प्रसाद गौचनको नेतृत्वमा क्याप्टेन रवीन्द्र प्रजापति, इन्जिनियर अनिरुद्र श्रेष्ठसमेतको टोली मलेसियाबाट थाइल्यान्ड, म्यानमार, बंगलादेश, भारत हुँदै नेपाल आएको हो ।

कम्पनीले ९ एन एमएक्स कलसाइन भएको सिरियल नं. ८६५६ हेलिकोप्टर खरीद गरेको हो । अल्टिच्युडको नयाँ एअरक्र्याफ्ट फ्रान्समा निर्मित भइ मलेसियामा रिएसेम्बल गरिएको हो । हेलिकोप्टरले हालसम्म ७ घण्टा परीक्षण र १६ घण्टा उडानसहित २३ घण्टा उडान भरेको छ । कम्पनीको यो तेस्रो हेलिकोप्टर हो । कम्पनीका प्रबन्ध निर्देशक नीमा नोरु शेर्पाले नयाँ हेलिकोप्टर ल्याएसँगै कम्पनीले सबैभन्दा नयाँ प्रविधिमा आधारित हेलिकोप्टरबाट विश्वसनीय सेवा दिने कम्पनीको योजना भएको बताए । एकल इन्जिन भएको यो सबैभन्दा शक्तिशाली हेलिकोप्टर रहेको र यससँगै कसैको तुलना गर्न नसकिने उनको दाबी छ ।

शेर्पाका अनुसार कम्पनीले ३ मिलियन डलर (करिब ३० करोड रुपैयाँ) मा खरिद गरेको हो । नयाँ हेलिकोप्टर २३ हजार फिटसम्म सहज उडान गर्ने क्षमता राख्दछ । तसर्थ नेपालजस्तो उच्च पहाडी भूभागका लागि यो हेलिकोप्टर सबैभन्दा उपयोगी रहने अपरेसन्स निर्देशक गौचनले बताए । उनका अनुसार हेलिकोप्टरमा थप जी ५०० एच इन्स्ट्रुमेन्ट भएका कारण यो सबैभन्दा नयाँ मोडलको हेलिकोप्टर हो । कम्पनीसँग यसअघि पनि यही मोडलको हेलिकोप्टर रहेको छ ।

कम्पनीका चिफ इन्जिनियर पूर्णवीर कंसाकारका अनुसार यो हेलिकोप्टर हाइ अल्टिच्युड हेलिकोप्टर हो जुन विशेष गरी हाइ अल्टिच्युड रेस्क्युका लागि उपयोगी रहन्छ । हेलिकोप्टरमा सेमिग्लास ककपिट छ भने अटोमेटिक ट्र्या्किङ प्रणाली जडित छ । यो हेलिकोप्टर हाइ अल्टिच्युड रेस्क्युसहित सामान झुन्ड्याएर बोक्न, बास्केट राखेर हेलिस्किइङ गर्न तथा उद्धारका लागि स्ट्रेचरसमेत राखेर उडान गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।