logo

नेपालगञ्ज विमानस्थलमा एयर ट्राफिक जाम

    1442   पटक पढिएको

३ असोज / अर्थ र व्यापार – नेपालगञ्ज विमानस्थलमा दैनिक हवाई उडानको चाप बढेपछि एयर ट्राफिक जाम हुन थालेको छ । नेपालगञ्जबाट काठमाडौँका लागि दैनिक १० र कर्णाली अञ्चलका लागि २० वटा उडान हुन थालेपछि एयर ट्राफिक बढेको हो । हवाईजहाजको संख्या बढेपछि कर्णाली र राजधानी उडान भर्ने जहाजका लागि पार्किङ समस्यासमेत बढेको छ ।

उडान संख्या बढेसँगै एयर ट्राफिकले नेपालगञ्जको आकाशमै जहाज होल्ड गर्न थालेको छ । कर्णालीमा उडान भर्ने जहाजभन्दा नेपालगञ्ज–काठमाडौँ उडान भर्ने समयमा एयर ट्राफिक र पार्किङ समस्या बढ्ने गरेको छ । नेपालगञ्ज विमानस्थल हुँदै काठमाडाँैका लागि बुद्ध एयरका तीन, यतिका तीन, सौर्य र श्री एयरका दुईरदुई उडान दैनिक हुने गरेका छन् ।

कर्णालीका लागि तारा, सीता, यति, सिम्रिक, काष्ठमण्डपका सात जहाजले दैनिक उडान भर्दै आएका छन् । मानसरोवर यात्रीका कारण पनि हुम्लाको सिमीकोटका लागि उडान बढेका छन् । ठूला दुई जहाज अटाउने क्षमताको विमानस्थलको पार्किङस्थल छ । एकैपटक दैनिक उडान भर्ने वुद्ध, यति, सौर्य र श्रीएयर होल्डमा भएर पार्किङसमेतमा समस्या उत्पन्न भएको हो ।

साना ट्वीन अटर सातवटासम्म जहाजको क्षमता विमानस्थलमा रहेको छ । एयर ट्राफिक जाम हुन नदिन विमानस्थलले काठमाडौँबाट उडान तालिका आधा घण्टाको फरकमा राखेको छ, तर मौसम प्रतिकूल र होल्ड हुनुपर्ने अवस्थामा समस्या हुने गरेको छ । पछिल्लो समयमा नयाँ जहाज थपिएको र पर्यटक बढेपछि उडानको संख्यामा वृद्धि भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।