११ असोज/अर्थ र व्यापार– अवैधरूपमा भित्र्याइएको सुनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी र इलाका प्रहरी कार्यालय त्रिभुवन बस्ती कञ्चनपुरको संयुक्त टोलीले शनिबार अवैधरूपमा भित्र्याइएको ४ सय ४० ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा डोटी केआई सिह गाउँपालिका-२ बस्ने २२ वर्षीय मोहन कामी र १९ वर्षीय सुनिल भुजेल छन् ।
कञ्चनपुर पुनर्बास नगरपालिका ११ डोकेबजारमा पर्ने सीमा नाका क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूमाथि शंका लागेर चेक गर्दा तयारी सुनका गरगहना बरामद भएको थियो ।
बरामद भएको सुनको अहिलेको बजार मूल्य ३५ लाख रुपैयाँभन्दा बढी रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया