logo

१० महीनादेखि स्थगित ओद्यौगिक गणना पुनः शुरु

    1670   पटक पढिएको


२१ मंसिर/अर्थ र व्यापार– करीब १० महीनादेखि कोरोना महामारीका कारण जारी गरिएको लकडाउनले स्थगित रहेको ओद्यौगिक गणना कार्य आज आईतबारदेखि सुरक्षा मापदण्ड अपनाउँदै पुनः शुरु गरिएको छ ।

प्रत्येक १० वर्षमा हुने ओद्यौगिक गणना अर्थात् सर्वेक्षण कार्य करीब १० महीनापछि आजदेखि मकवानपुर र धादिङमा पुनः शुरु गरिएको हो । कम्तिमा दश जना कामदार भएको प्रतिष्ठानलाई मात्र सो सर्वेक्षणमा समावेश गरिन्छ ।

केन्द्रीय तथ्यांक विभागअन्तर्गत रहेको जिल्ला तथ्यांक कार्यालय हेटौँडाका प्रमुख राजेश दासका अनुसार मकवानपुर तथा धादिङमा उक्त सर्वेक्षण प्रारम्भ भएको जानकारी दिएको छ ।

सर्वेक्षणमा तथ्यांक कार्यालय मकवानपुर कार्यक्षेत्रअन्तर्गत पर्ने मकवानपुरका ३४० ओटा र धादिङका २१७ ओटा औद्यौगिक प्रतिष्ठान रहेकामा लकडाउनमा १४० ओटा प्रतिष्ठानको तथ्यांक संकलन गरिएको थियो ।

कार्यलय प्रमुख दासका अनुसार यसपटक बाँकी रहेका ४१७ ओटा प्रतिष्ठानको तथ्यांक संकलन हुने छ । राष्ट्रिय अर्थतन्त्रमा औद्यौगिक क्षेत्रको योगदान, सम्भावना, चुनौती, समस्या, रोजगारीको अवस्थालगायतका विविध पक्ष समेटेर सर्वेक्षण सञ्चालन गरिएको उनले बताए ।

केन्द्रीय तथ्यांक विभागको स्वीकृत कार्यक्रमअन्तर्गत गत फागुन १२ गतेदखि शुरु हुनुपर्ने सो कार्य कोरानाका कारण लकडाउनले स्थगित गरिएको थियो ।

दश वर्षको अन्तरालमा हुने सर्वेक्षण यसअघि २०६६ सालमा भएको थियो । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।