logo

ए डिभिजन लिग फुटबलमा एपीएएफ क्लब विजयी 

    1141   पटक पढिएको

२३ मंसिर/ अर्थ र व्यापार-  विभागीय टिम एपीएएफ क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जित हात पारेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा एपीएफ क्लबले सरस्वती युथ क्लबलाई ३-० गोलअन्तरले पराजित गरेको हो । एपीएफको जितमा रुपबहादुर लामाले दुई गोल र युवराज खड्काले एक गोल गरे ।

खेलको १७ औं मिनेटमा नै रुपबहादुरले गोल गर्दै एपीएफ क्बललाई अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा युवराजले गोल गर्दै एपीएपलाई २-० को अग्रतामा र्पुयाए । खेलको ८८ औं मिनेटमा रुपबहादुरले नै व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३-० गोलको जित दिलाएका हुन् ।

जितसँगै एपीएफ क्लब लिगको सातौं स्थानमा उक्लिएको छ । सात खेल खेलेको एपीएफले १० अंक बनाएको छ । ा पराजित सरस्वती युथ क्लबको भने सात खेलबाट ६ अंक रहेको छ । लिगको शीर्ष स्थानमा भने मनाङ मस्र्याङ्दी क्लब रहेको छ । मनाङको ६ खेलबाट १८ अंक रहेको छ । दोस्रो स्थानमा रहेको संकटा क्लबको सात खेलबाट १८ अंक नै रहेको छ । त्यस्तै, थ्रीस्टार भने लिगको तेस्रो स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।