३ साउन / अर्थ र व्यापार – सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा असार महिना सकिएसंगै ९७ प्रतिशत रोपाईं सकिएको छ । जिल्लाको धान लगाइने कुल ६ हजार २३६ हेक्टर क्षेत्रफल मध्ये असार मसान्तसम्ममा ६ हजार ४९ हेक्टर क्षेत्रफल जग्गामा रोपाईं भइसकेको छ ।
साउन महिनाको १५ गतेसम्म डडेलधुरामा रोपाई सकिने भएपनि यो वर्ष भने साउन पहिलो साता भित्रै रोपाईं सकिने भएको छ । स्थानीय तहको चुनाव आगाडि नै ५० प्रतिशत भन्दा बढी रोपाई सकेका कृषकहरुले बाँकी रोपाईं चुनावपछि गरेका छन् । यो वर्ष जेठदेखि नै सक्रिय भएको मनसुनका कारण समयमै वर्षा भएपछि किसानहरुले पनि समयमै रोपाई गर्न सुरु गर्दा असार मसान्तसम्म आइपुग्दा ९७ प्रतिशत रोपाईं सम्पन्न भइसकेको हो ।
जिल्लाका नवदुर्गा, सकायल, असिग्राम, सदरमुकामको घटाल डोटी क्षेत्र , बगरकोट क्षेत्र , असिग्राम रुवाखोला , रुपाल , अजयमेरुको समैजी भद्रपुर देवलको खाल र शीर्ष, आलिताल क्षेत्र धान उत्पादनका लागि उपयुक्त क्षेत्र हुन् ।
तपाईको प्रतिक्रिया