logo

९०० मेगावाटको अरुण तेस्रोको काम अवरुद्ध

    1628   पटक पढिएको


२३ मंसिर/अर्थ र व्यापार– मजदुर आन्दोलनका कारण संखुवासभा जिल्लामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको निर्माण कार्य अवरुद्ध भएको छ ।

सोमबारदेखि अरुण तेस्रोको बाँधस्थल फ्याक्सिन्दा दोभानमा मजदुरहरुले ज्याला बढाउन माग गर्दै आन्दोलनमा उत्रिएपछि काम अवरुद्ध भएको हो ।

अरुण तेस्रो सुरुङमार्ग निर्माणलगायतका बाँधस्थलको काम भारतीय निर्माण कम्पनी जेपी एशोसियटर्स कन्स्ट्रक्सनले गरिरहेको छ ।

बाँधस्थलका मजदुरले भौतिक पूर्वाधार कार्यालय सङ्खुवासभाले निर्धारण गरेको दररेट अनुसारको ज्याला नदिएको, आठ घण्टाभन्दा बढी काम लगाएको, समयमा तलब भुक्तानी नगरेको भन्दै आन्दोलन गरेका हुन् ।

अरुण तेस्रोका मजदुरले यसअघि पनि ज्याला बढाउन माग गर्दै काम अवरुद्ध गर्दा तत्कालै बढाउने सहमतिपछि काम सरचारु भएको थियो ।

मजदुर विशाल चौहानले वर्ष दिन बितिसक्दासमेत ज्याला बढाउने र स्थानीय मजदुरलाई काम दिने सहमति निर्माण कम्पनीले पालना नगरेको भन्दै पुनः काम अवरुद्ध पार्न बाध्य भएको बताए ।

अरुण तेस्रो परियोजनामा कूल रु एक खर्ब ४४ अर्ब लागत लाग्ने अनुमान गरिएको छ । सत्तरी प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजीमा परियोजनाको निर्माण गर्न लागिएको हो ।

९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना भारतीय सतलज कम्पनीले निर्माण गरिरहेको छ । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।