logo

स्याङ्जाका नौ सहकारीको दर्ता खारेज

    1435   पटक पढिएको

१६ साउन / अर्थ र व्यापार – डिभिजन सहकारी कार्यालय स्याङ्जाले निष्क्रिय सहकारी संस्थाको दर्ता खारेजी गरेको छ । आफ्नो उद्देश्य अनुसार काम नगरेर निष्क्रिय रहेका जिल्लाका नौवटा सहकारी संस्थाको दर्ता खारेज गरेको हो । कृषिसम्बन्धी तीन, बचत तथा ऋण दुई, दुग्ध उत्पादन दुई र तरकारी तथा फलफूल उत्पादन एक र मत्स्य तथा कृषि एक गरी नौवटा रहेका छन् ।

सेखाम सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड चापाकोट नगरपालिका–५, उदयमान बचत तथा ऋण सहकारी संस्था लिमिटेड हरिनास गाउँपालिका–१, उन्नतिशील कृषि सहकारी संस्था चापाकोट नपा–४, सिर्जनशील कृषि सहकारी संस्था आँधीखोला गाउँपालिका–५, शुभयात्रा सहकारी वालिङ नपा–८, बाँस्टारी मत्स्य तथा कृषि सहकारी कालीगण्डकी गाउँपालिका–५, आदर्श नमूना तरकारी तथा फलफूल उत्पादक सहकारी संस्था पुतलीबजार नपा–११, गौमुख दुग्ध उत्पादक सहकारी संस्था गल्याङ नपा–९, सामूहिक गौशाला सहकारी संस्था वालिङ नपा–१ र बाँस्टारी मत्स्य तथा कृषि सहकारी संस्था कालीगण्डकी गाउँपालिका–५ खारेज भएका हुन् ।

सहकारी नियमअनुसार २ वर्षसम्म कुनै पनि कारोबार नगर्नु, गत आवको साधारणसभा, लेखा परीक्षण प्रतिवेदन र माग गरेका अन्य विवरण नबुझाउने सहकारी खारेज गरिएको हो । हाल स्याङ्जामा जिल्ला सहकारी सङ्घ, विषयगत सङ्घ र विभिन्न प्रकृतिका ३८० वटा सहकारी रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।