२ साउन / अर्थ र व्यापार – गुल्मीमा आर्थिक वर्ष २०७३/०७४ मा चालुतर्फ ९४ प्रतिशत खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय गुल्मीका अनुसार पुँजीगततर्फ ८८ दशमलव ९० प्रतिशत खर्च भएको छ । जिल्लाका ६३ वटा सरकारी कार्यालयको कुल बजेट दुई अर्ब ५२ करोड चार लाख ४० हजार सात सय ८१ रहेको छ । जसमा दुई अर्ब ४४ करोड ११ लाख २१ हजार खर्च भएको छ ।
गत वर्ष एक अर्ब १५ करोड ९३ लाख ८३ हजार पाँच सय पुँजीगत बजेटमा ९१ प्रतिशत अर्थात एक अर्ब छ करोड ५२ लाख पाँच हजार ६७ खर्च भएको थियो । यो प्रतिशत नेपालकै तुलनामा बढि छ । नेपालमा ६५ प्रतिशत पुँजीगत बजेट खर्च भएको छ ।त्यस्तै चालु तर्फ यो बर्ष पुँजीगत भन्दा छ प्रतिशत बढि खर्च भएको छ । जिल्लामा चालु तर्फ ४ अरब २६ करोड ९० लाख ९० हजार ४ सय ६० रुपया छुटाइएको थियो । जस मध्ये ४ अरब १६ करोड ६४ लाख ९ हजार ६ सय ७९ रुपया खर्च भएको छ ।
चालु तर्फ कुल बजेट मध्ये २५ करोड २४ लाख ४० हजार ७ सय ८१ रुपया फ्रिज भएको छ । कुल बजेटको ५ दशमलभ ९१ प्रतिशत खर्च हुन बाँकी रकम रहेको छ । जिल्लामा पूँजिगत तर्फ २ अरब ४४ करोड ११ लाख १ हजार रुपया कुल बजेट मध्ये २ अरब १७ करोड ३६ लाख ५ हजार ५ सय ५८ रुपया खर्च भएको छ ।
कुल बजेट मध्ये जिल्लामा यो वर्ष २७ करोड ७ लाख ५५ हजार ४ सय ४१ रुपैँया फ्रिज भएको छ । कुल बजेट मध्ये ११ दशमलव ०९ प्रतिशत रकम खर्च हुनबाँकी रहेको छ ।
तपाईको प्रतिक्रिया