logo

नेपाल चेम्बर अफ कमर्श ७० औँ वर्षमा प्रवेश

    2165   पटक पढिएको


२७ असोज/अर्थ र व्यापार– निजी क्षेत्रको पहिलो छाता संगठन नेपाल चेम्बर अफ कमर्श ७० औँ वर्षमा प्रवेश गरेको छ । 

नेपालमा प्रजातन्त्र स्थापना हुनुभन्दा अघिनै स्थापना भएको निजी क्षेत्रको पहिलो छाता संगठन नेपाल चेम्बर अफ कमर्श आज मंगलबार देखि ७० औं वर्षमा प्रवेश गरेको हो । 

२००७ सालमा ‘वणिक मण्डल’ गठन भई चेम्बरको शुरुवात भएकोमा २००९ सालमा नेपाल व्यापार संघको नामबाट दर्ता भएको थियो । २०१० कात्तिकमा भएको प्रथम साधारणसभाले नाम फेरेर चेम्बर अफ कमर्श राखेको थियो । 

चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले वार्षिकोत्सवका अवसरमा हरेक वर्ष विशेष कार्यक्रम आयोजना गर्दै आएकोमा यस वर्ष भने कोभिड–१९ महामारीका कारण विशेष कार्यक्रम आयोजना नहुने बताए । 

चेम्बरले स्थापना कालदेखि नै निजी र सरकारी क्षेत्रबीच पुलको भूमिका निर्वाह गर्दै सरकारलाई औद्योगिक, वाणिज्य र अन्य वित्तीय मामिलाका लागि नीति नियम तर्जुमा गर्न सुझाव समेत दिदै आएको छ ।

७० वटा अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सहरुसंग सम्बन्ध स्थापित गरेको नेपाल चेम्बर अफ कमर्सले प्रदेश, जिल्ला तथा नगर चेम्बर अफ कमर्स, वस्तुगत संघ, आवद्ध संघ लगायत द्धिपक्षीय वाणिज्य तथा उद्योग संघहरुको प्रतिनिधित्व गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।