logo

नेपाल चेम्बर अफ कमर्श ७० औँ वर्षमा प्रवेश

    2041   पटक पढिएको


२७ असोज/अर्थ र व्यापार– निजी क्षेत्रको पहिलो छाता संगठन नेपाल चेम्बर अफ कमर्श ७० औँ वर्षमा प्रवेश गरेको छ । 

नेपालमा प्रजातन्त्र स्थापना हुनुभन्दा अघिनै स्थापना भएको निजी क्षेत्रको पहिलो छाता संगठन नेपाल चेम्बर अफ कमर्श आज मंगलबार देखि ७० औं वर्षमा प्रवेश गरेको हो । 

२००७ सालमा ‘वणिक मण्डल’ गठन भई चेम्बरको शुरुवात भएकोमा २००९ सालमा नेपाल व्यापार संघको नामबाट दर्ता भएको थियो । २०१० कात्तिकमा भएको प्रथम साधारणसभाले नाम फेरेर चेम्बर अफ कमर्श राखेको थियो । 

चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले वार्षिकोत्सवका अवसरमा हरेक वर्ष विशेष कार्यक्रम आयोजना गर्दै आएकोमा यस वर्ष भने कोभिड–१९ महामारीका कारण विशेष कार्यक्रम आयोजना नहुने बताए । 

चेम्बरले स्थापना कालदेखि नै निजी र सरकारी क्षेत्रबीच पुलको भूमिका निर्वाह गर्दै सरकारलाई औद्योगिक, वाणिज्य र अन्य वित्तीय मामिलाका लागि नीति नियम तर्जुमा गर्न सुझाव समेत दिदै आएको छ ।

७० वटा अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सहरुसंग सम्बन्ध स्थापित गरेको नेपाल चेम्बर अफ कमर्सले प्रदेश, जिल्ला तथा नगर चेम्बर अफ कमर्स, वस्तुगत संघ, आवद्ध संघ लगायत द्धिपक्षीय वाणिज्य तथा उद्योग संघहरुको प्रतिनिधित्व गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।