logo

चालु आर्थिक वर्षको राजश्व लक्ष्य ७ खर्ब ३० अर्ब

    1482   पटक पढिएको

३ साउन / अर्थ र व्यापार – सरकारले आर्थिक वर्ष २०७४/७५ मा ७ खर्ब ३० अर्ब ५ करोड ५५ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राजस्व संकलनको विगतलाई विश्लेषण गर्दै आर्थिक वर्ष २०७४/७५ मा ७ सय ३० अरव, ५ करोड ५५ लाख राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएको स्पष्ट पारे ।

मंगलबार सिंहदरबारस्थित् आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी उनले आर्थिक गतिविधि बढाउने गरी पुनर्निर्माणको काममा लगानीको विस्तार हुनु, भन्सार विन्दुहरुमा सुरुवात गरिएको नयाँ प्रणाली, लगानी अनुकूल वातावरणको निर्माण, निर्वाचनका कारण वृद्धि भएको आर्थिक क्रियाकलाप, राजस्व प्रशासनको विस्तारित क्षमता राजस्व संकलनमा वृद्धि हुने आधार रहेको पनि उल्लेख गरे ।

सरकारले आर्थिक वर्ष २०७३/७४ मा ६ सय ११ अरव ७६ करोड ७८ लाख ९६ हजार राजस्व संकलन गरेको थियो । मन्त्री कार्कीले कर आधारको विस्तार र कर प्रणाली सुदृढ हुँदै गएकाले पनि राजस्व संकलनमा वृद्धि हुँदै गएको पनि स्मरण गराए । मन्त्री कार्कीले आर्थिक गतिविधिलाई पारदर्शी, सुदृढ र सक्षम बनाउन राजस्व प्रशासन प्रणालीलाई बलियो बनाउने प्रतिवद्धता पनि व्यक्त गरे । सरकारले आर्थिक वर्ष २०७४/७५ मा ७ दशमलव २ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ ।

अर्थ मन्त्रालयले लक्ष्य अनुसारले योजना पनि बनाएको छ । मन्त्री कार्कीले करको दायरा विस्तार, कर परिपालनार राजस्व संकलन गर्न चुहावट नियन्त्रणका लागि कठोर नीति सिमा अभिवृद्धि तथा चुहावट नियन्त्रणका लागि कठोर नीति अवलम्बन गरी राजस्व संकलन लक्ष्यभन्दा बढि असूल गर्ने योजना बनाइएको पनि बताए । उनले राजस्व संकलनले अर्थतन्त्रलाई सवल र सक्षम बनाउने पनि उल्लेख गरे ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।