logo

भक्तपुरको ताथलीमाा ६७ रोपनी जग्गा लिलाममा

    2515   पटक पढिएको

१५ असार / अर्थ र व्यापार - एनसीसी बैंकको ऋण नतिरेपछि ब्यवसायी राजन भेटवालको भक्तपुरको ६७ रोपनी जग्गा सात दिने सूचनासहित लिलाममा आएको छ । बिचार गरेर लिलाममा सहभागी हुँदा सस्तैमा पाईन पनि सक्छ ।

घरजग्गा ब्यवसायी राजन भेटवालले आफुसहित कयौं ब्यक्तिको नाममा एनसीसी र उसमा गाभिएको तत्कालीन एपेक्स डेभ्लपमेन्ट बैंकबाट करोडौ रुपैयाँ कर्जा निकालेका थिए । त्यसको सावाँ ब्याज भुक्तान नगरेपछि एनसीसीले अहिले तेस्रो पटक भक्तपुरको ताथलीका ती जग्गाहरु लिलाममा निकालेको छ ।

यसमा लिलाम सकार्नुको फाईदाजनक पक्ष भनकोे जग्गाको वास्तविक मूल्यको ५० प्रतिशत रकम एनसीसी बैंकले नै कर्जाको रुपमा हालिदिनेछ तर जग्गा सकार्नेहरु कुनै पनि बैंक बित्तीय संस्थाका विगतका असल ऋणी वा पर्याप्त आर्थिक आधार भएकाहरु हुनुपर्ने शर्त तोकिएको छ ।

यी जग्गाहरु बैंकले जसरी भए पनि बिक्री गर्नुपर्ने र बिक्री नभए गैर बैंकिड. सम्पतिको रुपमा सकार्नुपर्ने बाध्यता रहेकाले सस्तैमा जग्गा पाईनसक्छ ।  मन र ब्यवहार मिल्ने ब्यक्तिहरुले राजधानीमा आफ्नो समुदायको बस्ति बिस्तार गर्न उपयुक्त हुने गरी एकै ठाउँमा रहेका जग्गाहरु भएकाले ठूलो रकम परिचालन गर्नसक्नेलाई सस्तोमा जग्गा किन्ने अवसर आएको छ ।

आफ्नो क्षमता भन्दा बढी र थान्नै नसक्ने मूल्य कबुलेर राजन भेटवाल फसेको हो । घरजग्गा भनेको बेलामा बेच्न सकिन्न । धेरै मानिसहरु घरजग्गामैै डुबेर भागाभागको अबस्थामा पुगेका छन् । राजन भेटवाल समस्यामा परेपछि उनका दाजु मनोज भेटवाललाई पनि संकटले घेरेको छ र काठमाडौ पुरानो बसपार्कमा निर्माण गर्ने भनिएको २९ तले भ्युटावर योजना अलपत्र परेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।